हाम्रो भनाई

नमस्कार !
सूचनाको सारथी, कटुवाल खबर, अब कोही नहुन्, नरहुन् बेखबर ।
katuwalkhabar.com मा याहाँलाई हार्दिक स्वागत छ । सूचना आफैमा शक्ति हो । जहाँ सूचना र संञ्चार छ त्यहाँ संसार भएको आभाष दिलाउँछ । विगत देखि नै सूचना प्रवाह विभिन्न माध्यमहरु मार्फत हुँदै आएको छ । टेलिफोन र इन्टरनेटको आविश्कार पूर्व चिठ्ठी पत्र, हुलाक, आकाशवाणी, कुटुवाल प्राथा नै सूचनाको भरपर्दो माध्यम थियो । एकै पटक धेरैलाई समाचार तथा जानकारी गराउने माध्यम भने प्रचिन काल देखि नै पत्रपत्रिकालाई लिईदै आएको छ । जुन अहिले पनि उत्तिकै लोकप्रिय छ । यस अवधीमा रेडियो र टेलिभिजनले पनि आफ्नो छुट्टै स्थान बनाउन सफल भयो ।

वर्तमान समयमा भने पत्रपत्रिका, रेडियो तथा टेलिभिजन प्रविधिको विकास संगै ति सञ्चार माध्यमहरु डिजिटल तर्फ रुपान्तरण भैरहेको छ । मानिसहरु छिटो र सहज रुपमा जानकारी लिन चाहान्छन् । व्यस्त दैनिकी र इन्टरनेटले संसार साँगुरो बनाउँदै गरेको अवस्थामा मानिसहरु एक क्लीकको भरमा हातहात मै सुचना लिन चाहान्छन् । आवश्यकता र रुचीलाई मध्यनजर गर्दै पत्रपत्रिका, रेडियो तथा टेलिभिजनले आफ्नो प्रकाशन र प्रसारणलाई डिजिटल माध्यममा समेट जोड्दै आएका छन् । सामाजिक सञ्जालको बढ्दो प्रयोग संगै सञ्चार माध्यमहरुमा चुनौती थपिदै गएको छ । तर सामाजिक सञ्जाल र समाचार माध्यम विचको विश्वसनीयतामा भने फरक छ । आम मानिसहरुले पछिल्लो समय सञ्चार माध्यमले अपनाएको अनलाईन माध्यमलाई भरपर्दो माध्यमको रुपमा लिदै आएको छ । विगतमा सूचनाको भरपर्दो माध्यम बनेको कटुवाल प्रथा पछिल्लो प्रविधिको विकास संगै विस्थापित बनेको छ ।

कटुवाल प्रथा तत्कालीन समयको रहर नभई बाध्यता र आवश्यकता थियो । पछिल्लो समय फस्टाउँदै गएको अनलाईन माध्यम जुन गतिमा थपिदै गएको छ, त्यो गतिमा सत्यता र विश्वसनीयतामा भने प्रश्न उठ्दै आएको छ । विश्वासको खडेरी मौलाउँदै गएको समयमा हामी तपाईहरुको विश्वास पात्र बन्न चाहान्छौ । जसरी सूचनाको सेतुको रुपमा रहेर कटुवाल प्रथा बाट विगतमा भरपर्दो सूचना प्रवाह हुने गर्दथ्यो हामी पनि वर्तमान समयको आवश्यता अनुसार प्रविधिलाई पछ्याउँदै नयाँ वर्ष २०७७ को यो शुभ विहानी संगै याहाँहरु समक्ष katuwalkhabar.com मार्फत प्रस्तुत भएका छौं । हामी विगतमा सूचना प्रवाह गरी जीवन अर्पण गर्नु भएका ज्ञात अज्ञात पूर्खाहरु प्रति सम्मान गर्दछौं । कुनै व्यक्ति, पेशा, थर विशेषमा पूर्वाग्रही नभई विगतमा कटुवाल प्रथाले समाजमा दिएको योगदानको सम्मान स्वरुप यस नाम बाट अनलाईन समाचार पोर्टल सञ्चालनमा ल्याएका हौं । सत्य, तथ्य र निस्पक्ष हाम्रो मुलमन्त्र हो । यसमा आधारित रहेर समाचार र सूचना प्रवाह गर्ने प्रतिवद्धता समेत जनाउँदछौं । हामी अहिले परिक्षणको क्रम मै छौ । याहाँहरु मार्फत आवश्यक सुझाव र सल्लाहको अपेक्षा गरेका गर्दछौं । याहाँहरुको सुझावलाई शिरोपर गर्दै हामी अघि बढ्ने छौं ।

फुलोस, फलोस् र फापोस् नव वर्ष २०७७ सालको हार्दिक मंगलमय शुभकामना ।
धन्यवाद ।

कटुवाल खबर टिम

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?