नगरको प्रकोप व्यवस्थापन कोषलाई रामपुर कांग्रेसले दियो १ लाख ७७ हजार सहयोग

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापालाई रकम हस्तान्तरण गर्दै नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराई ।

पाल्पा, नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिले रामपुर नगरपालिकालाई १ लाख ७७ हजार बढी रकम सहयोग गरेको छ । कोरोना भाईसर बाट संक्रमण बाट जोगाउन घोषणा गरिएको लकडाउन संगै प्रभावित बनेका दैनिक ज्यालादारी श्रमिक, अति विपन्न र अशक्त परिवारलाई राहत उपलब्ध गराउन रामपुर नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषका लागि १ लाख ७७ हजार ८ सय ५६ रुपैयाँ सहयोग गरेको हो ।

नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराईले नगर प्रमुख रमण बहादुर थापालाई लेखा अधिकृत रेणुराम ज्ञावली र योजना अधिकृत कपिल बहादुर खाँणको उपस्थितिमा रकम हस्तान्तरण गर्नु भएको हो । रकम हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस रामपुरका सचिव चिरञ्जीवि सिग्देल, सदस्य विष्णु प्रसाद पौडेल, नेपाल साँस्कृतिक संघका क्षेत्रिय कार्य समितिका सभापति दुर्गा प्रसाद भट्टराई, नेपाली कांग्रेस रामपुर ७ का वडा सभापति दोवराज तिवारी र नेपाली कांग्रेस रामपुर ३ का वडा सभापति विष्णु रेग्मी लगायतको उपस्थिति रहेको थियो ।

रकम हस्तान्तरण गर्दै नेपाली कांग्रेस रामपुरका सभापति नेत्र प्रसाद भट्टराईले सरकारले अवलम्बन गरेको एक द्धार निती अन्तर्गत विपन्न परिवारको लागि सहयोग गरिएको बताउनुभयो । भट्टराईले विश्व नै कोरोना भाईरसको विरुद्धमा रहेको समयमा सबै नागरिकलाई सुरक्षित रहन आग्रह गर्नुभयो । सहयोग प्रति धन्यवाद ज्ञापन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरले दोस्रो चरणको राहत वितरणको लागी तयारी गरेको बताउनुभयो । थापाले विपदको समयमा संघ संस्था बाट प्राप्त सहयोगले कोरोना विरुद्धको लडाईमा केही भएपनि राहत मिल्ने बताउनुभयो । थापाले विश्वका सुविधा सम्पन्न देशलाई नै कोरोनाले चुनौति दिईरहेको सन्दर्भमा हाम्रो जस्तो विकासोन्मुख मुलुकमा लकडाउन पालना गर्नुको अर्को विकल्प नभएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?