लकडाउन कार्यान्वयनलाई पाल्पामा थप कडाई गरिने

कोरोना नियन्त्रण तथा उपचार सहयोग सहजीकरण समिति पाल्पाको बैठकको निर्णयहरु

पाल्पा, विश्वमहामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण बाट बचाउन चैत्र ११ गते देखि जारी लकडाउन कार्यान्वयनलाई पाल्पामा थप कडाई गरिने भएको छ । लकडाउनलाई अझ प्रभावकारी कार्यान्वयन गर्न ड्रोनबाट समेत अनुगमन गरिने भएको हो ।

बुधबार बसेको कोरोना नियन्त्रण तथा उपचार सहयोग सहजीकरण समिति पाल्पाको बैठकले लकडाउनमा थप कडाई गर्ने निर्णय गरेको हो । बैठकले आफ्नो वडा क्षेत्रभन्दा बाहिरबाट कोही आए जो कोहीलाई जहाँ भेटिन्छ, त्यही स्थानीय तह बाट क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने, ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) माध्यम बाट कोरोना परीक्षण गरिएकाहरु घरमै क्वारेन्टाइनमा बसेका छन् या छैनन त्यसको अनुगमन गर्न लगाउने र स्वास्थ्य अवस्थाको नियमित जानकारी लिने, यस्तै चैत १ गतेदेखि भारत तथा तेस्रो मुलुक बाट आएकाहरुको विवरण पठाउन र उनीहरुको निरन्तर अनुगमन र निगरानी गर्न स्थानिय तहहरुलाई लगाउने निर्णय गरेको छ ।

साथै बैठकले अत्यावश्यक सेवा (औषधी, खाद्यान्न, दुध र स्वास्थ्य उपचार ) लिने बाहेकका नागरिकहरुलाई अनावश्यक हिडडुलमा रोक लगाउने निर्णय गरेको छ । साथै लकडाउनलाई अझ प्रभावकारी कार्यान्वयन गर्न ड्रोनबाट समेत अनुगमन गरिने भएको छ । चैत १ गतेदेखि भारत तथा अन्य देश बाट जिल्लामा आएका सबैको आरडिटीको माध्यमबाट कोरोना सङ्क्रमण परीक्षण गर्न प्रदेश सरकार संग आरडिटी किट माग गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?