पाल्पा, पाल्पाको रामपुर नगरपालिकाले स्थापना गरेकोे प्रकोप व्यवस्थापन कोषमा विहिबार सम्ममा नगद तथा जिन्सी गरी १० लाख बढी संकलन भएको छ । कोरोना भाईरसको संक्रमण बाट जोगाउन घोषणा गरिएको लकडाउन संगै प्रभावित बनेका दैनिक ज्यालादारी श्रमिक, अति विपन्न र अशक्त परिवारलाई राहत उपलब्ध गराउन नगर क्षेत्रका विभिन्न संघ संस्थाहरुले नगद तथा जिन्सी गरी सहयोग गरेको हो ।
सरकारले एक द्वार पद्धति अवलम्बन गरे संगै नगर क्षेत्रका संघ संस्था तथा व्यक्तिहरुले नगरपालिकाको कोष मार्फत वितरण हुने गरी नगद, खाद्यान्न तथा स्वास्थ्य सामाग्री गरी १० लाख ७ हजार ८ सय ७१ सहयोग गरेको छ । हाल सम्म पतञ्जली योगपिठ नेपाल बाट २ लाख ६० हजार बराबरको साबुन, नेपाली कांग्रेस रामपुर नगर समिति बाट नगद १ लाख ७७ हजार ८ सय ५६, अन्धकारमुक्ती बचत तथा ऋण सहकारी बाट नगद १ लाख, एकिकृत मगर उत्थान समाज रामपुर बाट नगद ८२ हजार ३ सय ९०, क्षेत्री समाज नेपाल रामपुर बाट नगद २५ हजार १ सय २५, रामपुर बचत तथा ऋण सहकारी बाट ९० हजार बराबरको खाद्यान्न, नमस्ते रामपुर यातायात प्रालि बाट नगद ५० हजार, ग्रामीण उत्थान युवा समाज बाट ३१ हजार ५ सयको खाद्यान्न, रामपुर क्यापिटल एण्ड इन्भेष्टमेन्ट प्रालि बाट नगद २५ हजार, ग्रामीण विकास बचत तथा ऋण सहकारी संस्था बाट नगद २५ हजार, रामपुर उद्योग वाणिज्य संघ बाट नगद ५१ हजार, पूर्वी पाल्पा औषधी व्यवसायी संघ बाट ५० हजार बराबरको स्वास्थ्य सामाग्री, आदर्श भूपू सैनिक संस्था बाट नगद २० हजार, पाल्पा पोखरा सम्पर्क समाज बाट नगद १० हजार, बेस नेपाल नगद १० हजार बराबरको सहयोग संकलन भएको रामपुर नगरपालिकाका योजना अधिकृत कपिल बहादुर खाँणले जानकारी दिनुभयो ।
रामपुर नगरपालिकाको समन्वयमा एकद्वार प्रणाली लागु हुनु अघि ईस्लामिक सक्रिय युवा समाज नेपालले दुई सय घरपरिवार र पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिले चार सय छ जना मजदुरलाई राहत सामग्री वितरण गरेको थियो । रामपुर नगपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले प्राप्त सहयोग नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गरिएको बताउँदै त्यही सहयोग मार्फत दोस्रो चरणको राहत वितरण गरिने बताउनुभयो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले दोस्रो चरणको राहत वितरणका लागि लगत सङ्कलन गर्ने कार्य भइरहेको बताउनुभयो । उहाँले नगरले सार्वजनिक सुचना आह्वान गरी वडाहरु बाट तथ्याङ्क संकलन गरिरहेको बताउँदै तथ्याङ्क संकलन पश्चात सरोकारवालाहरुको समन्वयमा वास्तविक अवस्था पहिचान गरी राहत वितरण गरिने बताउनुभयो ।