लण्डन, विश्व महामारीको रुपमा फैलिएको को*रोना संक्रमण बाट हाल बेलायतमा बस्दै आएका पाल्पाका एक पूर्व गोरखा सैनिकको निधन भएको छ ।
पाल्पाको सत्यवती गोठादी घर भई बेलायतको न्युमल्डन लण्डन बस्दै आएका पूर्व गोरखा सैनिक घनवीर थापा मगरको कोरोना संक्रमणका कारण ७५ वर्षको उमेरमा निधन भएको हो । उनी पाल्पा जिल्ला समाज युकेका आजीवन सदस्य समेत थिए । थापा मगरको लण्डनको किङ्स्टन अस्पतालमा निधन भएको पाल्पाली जिल्ला समाजका महासचिव खुम कुँवरले जानकारी दिए ।
रक्तचाप र पिसाव थैलीको समस्या भई औषधी सेवन गरिरहेका थापामगरलाई थप अस्वस्थ भएपछि मंगलबार अस्पताल भर्ना गरिएको थियो । उनी बेलायतको दक्षिण पश्चिमी शहर न्यू माल्डेनमा श्रीमती सहित विगत ७ वर्षदेखि बस्दै आएका थिए । उनकी श्रीमती सेल्फ आइसोलेसनमा छन् भने दुई छोराहरु नेपालमै छन् ।