चितवन र उदयपुरका गरी थप १४ जनामा को*रोना संक्रमणको पुष्टि

काठमाडौं, एकै दिन नेपालमा एकैदिन १४ जना को*रोना संक्रमित भेटिएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार उदयपुरमा १२ र चितवनमा २ जना थपिएको पुष्टि गरेको हो । मन्त्रालयले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत दिएको जानकारी अनुसार चितवनमा २७ वर्षीय पुरुष र ६३ वर्षीया महिला संक्रमित भएको भेटिएको छ ।
उदयपुरको १२ जनामा पुरुषमा संक्रमण भएको पुष्टि गरेको छ । उनीहरु ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्ष रहेको छ । यस संगै नेपालमा संक्रमितको संख्या ३० पुगेको छ । जस मध्ये एकजना उपचारपछि निको भएर घर फर्किइसकेका छन् । अन्य बाँकीको भने उपचार भैरहेको छ ।

https://www.facebook.com/mohpnep/posts/875587599596427

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?