मुठ्ठी दानको रकम रामपुर नगरपालिकाको राहत कोषमा

पाल्पा, राष्ट्रिय परोपकार महासंघ नेपाल जिल्ला कार्यसमिति पाल्पाले रामपुर नगरपालिकाको कोरोना राहत कोषलाई २५ हजार रकम सहयोग गरेको छ । सदस्यहरु बाट प्राप्त प्रत्येक दिनको एक रुपैयाँ अर्थात एक मुठ्ठीदान बाट संचालन हुँदै आएको महासंघले सोही रकम मार्फत राहतकोषमा रकम जम्मा गरेको हो ।

राष्ट्रिय परोपकार महासंघ नेपाल जिल्ला कार्यसमिति पाल्पाका अध्यक्ष विष्णु प्रसाद लम्साल र सचिव रमेश पोखरेलले रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापालाई रकम हस्तान्तरण गर्नुभएकाे हाे ।  रकम हस्तान्तरण गर्दै अध्यक्ष लम्सालले सदस्यहरु बाट प्रत्येक दिनको १ रुपैयाँ दान मार्फत परोपकारका कार्य गर्दै आएको बताउनुभयाे । उहाँले विश्व महामारीको रुपमा फैलिएको कोरोनाले आक्रान्त बनाईरहेको समयमा केही राहत होस् भन्ने उद्देश्यले रकम सहयोग गरिएको बताउनुभयाे ।  रकम ग्रहण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले धन्यवाद दिनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?