१ सय ५१ मजदुरहरुलाई रामपुर नगरपालिकाले गन्तव्य सम्म पठायो

पाल्पा, लकडाउन लम्बिदै जाँदा श्रमिक वर्ग प्रभावित बन्दै आएको छ । काम थप्प हुँदा खान बस्नको समस्या हुनथाले पछि कतिपय मजदुरहरु हिडेरै घर तर्फको यात्रा तय गरिरहेका छन् । यता पाल्पाको रामपुर नगरपालिकाले भने नगर क्षेत्रमा कार्यरत मजदुरहरुलाई गन्तव्य सम्म जान सहयोग गरेको छ । लकडाउनका कारण काम थप्प हुँदा अलपत्र परेका थप १ सय ५१ जना मजदुरहरुलाई गन्तव्य सम्म पठाएको हो ।
रामपुर क्षेत्रका भवन, सडक निर्माण तथा विभिन्न उद्योगहरुमा कार्यरत मजदुरहरु मध्ये ठेकेदारको सम्पर्कमा रहेकालाई ठेकेदारको खर्चमा, गाडी भाडा तिर्न नसक्नेहरुलाई नगरपालिकाले आफ्नै खर्चमा प्रशासन संग समन्वय गरी पठाएको हो । सोमबार २ वटा जिप मार्फत ३८ जनालाई र मंगलबार २ वटा बस र २ वटा जिप मार्फत १ सय १३ जनालाई पठाएको छ ।

लकडाउनका कारण काम विहिन बन्दा मजदुरहरु थप समस्या परेको भन्दै घर सम्म पुग्ने उनीहरुको चाहाना अनुसार सम्बन्धीत गाउँ सम्म पठाएको नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो । नगरपालिकाले उदयपुर, सप्तरी, बारा, रौटहत, नवलपरासी, कपिलबस्तु, रुपन्देही, बर्दिया, बाँके लगाएतका जिल्ला बाट आएका श्रमिक वर्गलाई गन्तव्य सम्म पु¥याउन सहयोग गरेको हो । नगरपालिकाले यस पछि अर्काे सुचना नहुन्जेल सम्म कसैलाई बािहर नपठाउने जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?