कोरोना संक्रमण बढेपछि उदयपुर जिल्ला पूर्णरूपमा शिल

उदयपुर – प्रदेश १ को उदयपुर जिल्ललाई पुर्ण रुपमा शिल गरिएको छ । जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ३ भुल्केका ११ जनामा कोरोना भाइरस ) को सङ्क्रमण देखिएपछि प्रदेश सरकारले जिल्ला सिल गर्ने निर्णय गरेको हो । उदयपुरमा आवत जावत बन्द गरिएको छ । जिल्लामा २४ जनामा कोरोना सङ्क्रमण देखिएकोले सिल गरेर लकडाउनलाई अझ कडा निगरानी गरिने प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले बताउनुभयो । अब उच्च निगरानी गर्दै अत्यावश्यक काममा जिल्ला आउनुपर्नेलाई स्वास्थ्य जाँच गराइ जिल्ला भित्रिन दिने उहाँले बताउनुभयो । सिल गरिए पनि खाद्यान्न, दूध डेरी, मेडिकल पसल, अस्पताल, ग्यास डिलरजस्ता अत्यावश्यक सामग्रीका पसलहरु खुल्ने छ । जिल्लाभित्र आउने र जिल्लाबाहिर जाने मानिसहरुलाई उच्च सर्तकताका साथ आवत जावत गर्न दिने प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?