२०७७ सालमा प्रदेश ५ ले छ दिन विदा दिने

 बुटवल, २०७७ सालमा प्रदेश ५ सरकारले छ दिन विदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकले छ दिनको विदा मध्ये ४ दिन प्रदेशभरी, एक दिन स्थानीय तहले दिन पाउने गरी र अर्को एक दिन भने निश्चित पर्व मनाउने समुदाय र ठाउँका लागि तोकेको छ ।

४ दिन प्रदेशभर एउटै प्रकारको विदा हुने छ । जस मध्ये बकर इद, माघ १ गते र २ गते मााघी विदा, फागुन ३ गते प्रदेश स्थापना दिवस रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो । त्यसैगरी स्थानीय तहको निर्णयबाट हुनेगरी एक दिनको विदा छुट्याइएको छ । निश्चित पर्व मनाउने समुदाय र ठाउँलाई केन्द्रित गरेर १ दिन विदा छुट्याइएको छ । पाल्पाको भगवती जात्रा, रुकुम रोल्पामा मनाइने भूमे पूजा, थारु समुदायलाई लक्षित गरी बडकवा अतवारीलाई विदा छुट्याइएको छ । भगवती जात्राको दिन पाल्पा जिल्लाभर सार्वजनिक बिदा हुने भएको छ ।
बुधवार बसेको मन्त्रीपरिषद्को बैठकले कोरोना भाइरस जोखिम व्यवस्थापनको लागि आवश्यक काम गर्न प्रदेश विपद व्यवस्थापन कोषमा रहेको रकम बाट तराईका जिल्लालाई ८ लाख र पहाडी जिल्लालाई ५ लाख रुपैंया दिने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?