रामपुरमा अहिले सम्म १८ जनाको आरडीटी परिक्षण, नतिजा सबैको नेगेटिभ

पाल्पा, रामपुर नगरपालिकामा थप ६ जनार्को  र्‍यापिड डाइगोनष्टिक टेष्ट गरिएको छ । परिक्षणको क्रममा सबैको नतिजा नेगेटिभ आएको छ । गत चैत्र २६ गते नवलपुरको विनय त्रिवेणी गाउँपालिका बाट पैडल हिडेर रामपुर आई क्वारेन्टाईनमा बस्दै आएका ६ जनालाई आरडिटी परिक्षण गरी क्वारेन्टाईन विदा गरिएको छ ।

रामपुर ६ तिलकपुरको मण्डली चर्चमा आएका उनीहरुलाई नगपालिकाले केही दिन रामपुर ४ देविस्थानको कालिका आधारभूतमा र त्यस पछि वडा नं. ५ को बालकल्याण प्राथमिक विद्यालय सानीअमराईमा राखेको थियो । आरडिटी परिक्षणमा नेगेटिभ आएपछि थप एकहप्ता घरमा बस्न सुझाब दिएर घर पठाइएको छ । ६ जना मध्ये २ जना पुरुष, एक किशोरी र ३ जना बालक रहेका छन् । रामपुर ६ का ५७ वर्षिय छविलाल अधिकारी, विनयत्रिवेणी गाउँपालिका दुम्कीबासका ३३ वर्षिय राम बहादुर वि.क., १७ वर्षिय लोइस सापकोटा, १४ वर्षिय माइकल सिन्हा, १२ वर्षिय जोन सिन्हा, ९ वर्षिय आईज्याक सिन्हा सबैको आरडीटी परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको रामपुर अस्पतालका ल्याव असिस्टेन मनोज सुवेदीले बताउनुभयो । यस संगै रामपुर नगरपालिकाको क्वारेन्टाईनमा १४ दिन राखेर आरडीटी परिक्षण गरी १८ जनालाई घर पठाएको छ । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।  रामपुर अस्पतालका ल्याव असिस्टेन्ट मनोज सुवेदी, रामपुर नगरपालिकाका स्वास्थ्य शाखाका स्वास्थ्य अधिकृतहरु गिरिराज घिमिरे, तिर्थ प्रसाद ढुङ्गानाको टोली आरडीटी परिक्षणमा खटिएको थियो ।

त्यस्तै आरडिटी परिक्षण पूर्व सुरक्षा बेस क्याम्प रामपुरको नेपाली सेनाको टोलीले डिसइन्फेक्सन स्प्रे गरेको थियो ।

यस्तै रामपुर नगरपालिकाले बिहिबार देखि थप ९ जनालाई क्वारेन्टाईनमा राखेको छ । रौटहट मजदुरहरुलाई छोड्न गएर फर्किएको लु १ ज ३७१० नम्बरको जिपमा पर्सा बाट आएका रामपुर ५ का ६ जना र रामपुर ३ का १ जना, चालक र सहचालक गरी ९ जनालाई बालकल्याण प्राविको क्वारेन्टाइनमा राखेको हो । रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष हिमाल मल्लले उनीहरुलाई सरसफाई सामाग्री, खाना र बासको व्यवस्था गरिएको बताउनुभयो । केही समय क्वारेन्टाईनमा होटेल बाट खानाको व्यवस्था गरिए पनि पछि नगरपालिका र वडा कार्यालयको समन्वयमा एकजना भान्सेको व्यबस्था गरी स्कुलमा पकाउने व्यबस्था मिलाइएको मल्लले जानकारी दिनुभयो । यता रामपुर नगरपालिका १ को छम्के आधारभूतमा पनि काठमाडौं बाट फर्किएका १ जनालाई राखिएको छ । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले जहाँ छ त्यहि सुरक्षित रहन नगरबासीलाई आग्रह गर्नु भएको छ । लकडाउनको समयमा अनावश्यक हिडदुल नगर्न आग्रह गर्दै खाद्यान्नको अभाव भएमा नगरपालिकाले आवश्यक पहल गर्ने र जहाँ छ त्यहि सुरक्षित भन्नु भएको हो । थापाले प्रशासनको निर्देशन अनुसार जुन सुकै स्थान बाट आए पनि अब आउने जो कोहीलाई १४ दिन अनिवार्य क्वारेन्टाईनमा राख्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?