काठमाडौंमा रहेका नगरबासीलाई रामपुर नगरले गाडी वा खाद्यान्नको ब्यवस्था गर्ने

 

पाल्पा , पाल्पाको रामपुर नगरपालिकाले बन्दाबन्दीका कारण काठमाडौंमा प्रभावित बनेका नगरबासीलाई घर आउन सहयोग गर्ने भएको छ । अध्ययन, रोजगारी तथा अन्य कामको क्रममा रामपुर जन्मथलो भई काठमाडौं बाट घर फर्कन नसकेका नागरिकहरुलाई गाडीको व्यवस्था गर्न लागेको हो ।
रामपुर आउनसाथ सिधै कम्तीमा १४ दिन क्वारेन्टाईनमा स्थलमा बसेर घर फर्कन चाहानेको लागि आउने व्यवस्था गर्न लागेको हो । नगरपालिकाले घर नफर्किएर अहिले भएकै स्थानमा सुरक्षित साथ रहन चाहेका नागरिहरुमा खाद्यान्नको समस्या भएमा सोही स्थानमा ब्यावस्था मिलाउने जनाएको छ । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बिहिबार सामाजिक सञ्जालमा सुचना जारी गर्दै बैशाख १२ गते शुक्रबार साँझ ६ बजे सम्ममा रामपुर जान चाहने र काठमाडौंमा नै बस्न चाहानेले सम्पर्क गर्न आग्रह गर्नु भएको छ । थापाले प्राप्त तथ्याङ्कको आधारमा फर्कन चाहानेको लागि गाडीको व्यवस्था गर्ने र सोही स्थानमा बस्न चाहानेलाई परेकाहरुलाई खाद्यान्न अभाव भएमा व्यवस्था गर्ने बताउनुभयो ।

नगरपालिकाले उपलब्ध गराउने सेवाको लागि परिचय पत्र खुल्ने कागजात भएकाले मात्र सम्पर्क गर्न आग्रह गर्नु भएको छ । काठमाडौं  बाट सेवा दिनका लागि पाल्पा काठमाण्डौ सम्पर्क समिति क्षेत्र नं. १ का संयोजक तुलसीराम पोख्रेललाई ९८४९००७०६० मा र सचिव अमृत अधिकारी लाई ९८५१०९८०९६ मा सम्पर्क गर्न अनुरोध गर्नु भएको छ । थापाले नगरबासीको समस्या समाधान गर्नु नगरको दायित्व भएको बताउँदै माग अनुसार गाडीको व्यवस्था वा खाद्यान्न व्यवस्था गर्न लागेको जानकारी दिनुभयो । यस्तै नगरपालिकाले बुटवल, पाेखरा लगाएतका स्थानमा रहेका नागरिकहरुकाे लागि पनि यातायातकाे व्यवस्था गर्ने भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?