कोरोना संक्रमितको संख्या नेपालमा ४८ पुग्यो

काठमाण्डाै ऽ नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ। बिहीबार थप ३ जनामा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नियमित पत्रकार सम्मेलन मार्फत २ जना कोरोना संक्रमित भएको जानकारी दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछि समाजिक सञ्जाल मार्फत थप एक जनामा कोरोना पुष्टि भएको जनाएको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा भएको परीक्षणमा जनकपुरका १४ वर्षीय बालक र उदयपुरकी ५५ वर्षीय महिलामा कोरोना पोजिटिभ देखिएको जानकारी दिएका हुन् ।। मन्त्रालयका सह प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले फेरी थप २६ वर्षका एक युवकमा कोरोनाको सङ्क्रमण भएको जानकारीदिनुभयो । यस संगै नेपालमा कोरोनासंक्रमितको संख्या ४८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?