हुरीबतासले रामपुर १ का विभिन्न स्थानमा क्षति

ज्ञानमञ्जरी प्राथमिक विद्यालयकाे छानाे उडाएकाे शाैचालय । तस्वीर :-दान बहादुर मल्ल (दानस)

 पाल्पा, शुक्रबार साँझ पखको असिना पानी संगैको हुरी बतासले रामपुर नगपालिका वडा नं. १ विभिन्न स्थानमा क्षति पु¥याएको छ । साँझ करिब ५ बजे देखि चलेको हावा हुरीले रामपुर नगरपालिकाको ठूलोबेसी, स्याउली बजार, गजबन्दी लगाएतका टोलमा क्षति गरेको छ ।

हुरीले ज्ञानमञ्जरी प्राथमिक विद्यालय ठूलो बेसीको ४ कोठे शौचालयको छानो उदाएको छ । सोही छानो उडाएर लाग्दा एक घर र एक गोठको छानोमा क्षति गरेका ज्ञानमञ्जरी प्राथमिक विद्यालयका प्रधानाध्यापक दान बहादुर मल्ल (दानश) ले जानकारी दिनुभयो । मल्लका अनुसार विद्यालय नजिकै रहेको पूर्ण बहादुर वि.क.को घरको छानो र सुक मायाँ वि.क. को गोठमा क्षति गरेको हो । त्यता गजबन्दी टोलका पूर्ण बहादुर समालको ३ तले घरको छानो उडाएको छ । छानो उडाउँदा अन्न तथा लत्ताकपडा भिज्न पुगेको छ । साथै अन्य घरहरुमा पनि आंशिक क्षति पु¥याएको छ ।
छानो उडाएको घरमा स्थानियहरुले त्रिपालको व्यवस्था गरेको छ । हावा हुरी सहितको असिनापानीले खेतमा रहेको मकै, फलफुलका विरुवालाई पूर्ण रुपमा क्षति गरेको स्थानियहरुले बताएका छन् । ठाउँठाउँमा रुखपनि ढलेको छ । साँझको हावा हुरीले के कति क्षति ग¥यो भन्ने अझै यकिन हुन सकेको छैन ।

ज्ञानमञ्जरी प्राथमिक विद्यालयकाे छानाे उडाएकाे शाैचालय । तस्वीर :-दान बहादुर मल्ल (दानस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?