
काठमाडौं, नेपालमा थप १ जनामा को*रोना भाइरस संक्रमण भेटिएको छ । झापाका ६२ वर्षीय पुरुषमा को*रोना भाइरस (कोभिड(१९) पुष्टि भए संगै नेपालमा संक्रमित संख्या ४९ पुगेको छ ।
शुक्रबार धरानको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा ती पुरुषमा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दमक बस्ने ती पुरुषलाई अहिले आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ । बिहीबारसम्म नेपालमा ४८ जनामा कोरोना पुष्टि भएको थियो । जसमध्ये ११ जना निको भएका छन् भने अन्य बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।