पूर्वी पाल्पा औषधी व्यवसायी संघले दियो निस्दीलाई स्वास्थ्य सामाग्री

तस्वीर साैजन्य :- शिव प्रसाद न्याैपाने

पाल्पा, पूर्वी पाल्पा औषधी व्यवसायी संघले शनिबार पाल्पाको निस्दी गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको सुरक्षाका लागि ३५ वटा सेनिटाईजर, ३ सय वटा माक्स, ५ सय वटा ग्लोब्स प्रदान गरेको हो ।
रामपुर ५ बेझाँडमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भगवान भक्त अर्याललाई पूर्वी पाल्पा औषधी व्यवसायी संघका अध्यक्ष निरोज श्रेष्ठ (राजकुमार)ले संघका पदाधिकारीहरुको उपस्थितिमा सामाग्री वितरण गर्नु भएको हो । सामाग्री हस्तान्तरण गर्दै श्रेष्ठले विषम परिस्थितिका विच पनि अग्रभागमा रहेर जनताको सेवामा खटिएका जनप्रतिनीधि, स्वास्थ्यकर्मी, कर्मचारी थप सुरक्षाको लागि सामाग्री हस्तान्तरण गरिएको बताउनुभयो । उहाँले रामपुर क्षेत्रका औषधी व्यवसायीहरुले जनताको लागि अत्यावश्यक सेवा २४ सै घण्टा र दैनिक १० बजे देखि ४ बजे सम्म नियमित सेवा दिदै आएको जानकारी दिनुभयो । संघलाई धन्यवाद दिदै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्यालले आफु पनि बाँच्ने र समाजलाई बचाउने अभियानमा स्वास्थ्यकर्मीहरुलाई विशेष सावधानी अपनाएर सेवा दिन अनुरोध गर्नुभयो ।

तस्वीर साैजन्य :- शिव प्रसाद न्याैपाने

रामपुर क्षेत्रमा रहेका निजी क्लीनिक तथा औषधी विक्रेताहरु पछिल्लो समय संगठित भएर सामाजिक क्षेत्रमा लाग्दै आएको छ । व्यवसायीहरुको छातासंगठन पूर्वी पाल्पा औषधी व्यवसायी संघले विश्वमहामारीको रुपमा फैलिएको कोरोना भाईरस विरुद्धको अभियानमा रामपुर नगरपालिका मार्फत इलाका प्रशासन, इलाका प्रहरी र सञ्चारकर्मीलाई सामाग्री वितरण गरेको थियो । साथै केही दिन अघि संघले सुरक्षा बेस क्याम्प रामपुरका लागि ७९ पिस सेनिटाईजर, २ सय ३० वटा ग्लोब्स र सय वटा माक्स प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?