काठमाडौ, नेपालमा आईतबार थप २ जनामा कोरोना संक्रमण भेटिएको छ । यस संगै कोरोना भाइरस बाट संक्रमित हुनेको संख्या ५१ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पर्साको वीरगन्ज निवासी दुई जना ५० वर्षीय पुरुषहरुमा संक्रमण देखिएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ । संक्रमण पुष्टि भएका दुवै जना वीरगन्ज महानगरपालिका छपकैयाका बासिन्दा हुन् । छपकैयाको मस्जिदमा बसेका तीनजना भारतीय संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब लिइ पीसीआर परीक्षणका लागि काठमाडौं पठाइएकोमा दुईजनामा पोजिटिभ देखिएको हो ।
दुवैजनालाई नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ । अस्पताल बाट आईतबार चारजना संक्रमितलाई डिस्चार्ज गर्ने तयारी भइरहेको छ । संक्रमितमध्ये हालसम्म १२ जना निको भएर घर फकिसकेका छन् ।