तस्वीरमा छहलिएको तालपोखरा

पाल्पा, समय समयमा परेको निरन्तरको वर्षाद संगै पाल्पा रामपुर रामपुरको मुख्य पर्यटकिय स्थलको रुपमा पहिचान बनाउन सफल तालपोखरा पानीले भरिएको छ । तालको विच भागमा रहेको मन्दिरको सतह सम्म पानीले भरिएको छ ।

किसानहरुको कृषिबालीका लागि वर्षादको पानीले पर्याप्त भएपछि रामपुर फाँट सिंचाई आयोजना अन्तर्गत छुट्टाईएको पानी तालमा हालिएको थियो । सिंचाईको पानी तालमा राखे संगै हिउँदमा घटेको पानीको सतह बढेको हो ।

दिनहुँ घुम्न आउने पर्यटकहरुले भरिभराउ हुने ताल क्षेत्र लकडाउनका कारण सुनसान बनेको छ । कोभिड १९ को संक्रमण विश्वभर फैलिए संगै तालपोखरा संरक्षण समितिले लकडाउन पूर्व डुङ्गा संञ्चालन तथा पार्कहरु बन्द गरेको थियो । धूलोधुँवा मुक्त हुँदा खुलेको मौसम संगै पानीले भरिएको तालको दृश्य निकै मोहक देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?