काठमाडौं, सरकारले लकडाउनको समय बढाएर बैशाख २५ गते सम्मको लागि थप गरेको छ । चैत्र ११ गते देखि सम्भावित जोखिम बाट बचाउन लकडाउन जारी राखेको सरकारले आईतबार चौथो पटक १० दिन समय थप गर्दै लकडाउन जारी राख्ने निर्णय गरेको हो । साँझ बसेको मन्त्री परिषद् बैठकले सोमबार सम्मको लकडाउन जारी राख्ने निर्णय गरेको हो ।
नयाँ संक्रमण देखिइरहेकाले जोखिममुक्त नभएको निष्कर्ष निकाल्दै सरकारले लकडाउन थप्ने निर्णय गरेको हो। कोभिड १९ जोखिम देखिएपछि सरकारले चैत ११ गतेबाट लकडाउन सुरु गरेको थियो । पछिल्लोपटक सरकारले वैशाख ३ गते १२ दिनको लकडाउन थपेको थियो । आईतबार साँझ सम्ममा संक्रमितको संख्या ५२ पुगेको छ । त्यस मध्ये १६ जना उपचार पछि अस्पताल बाट डिस्चार्ज भैसकेका छन् ।