युवाहरुको प्राविधिक सहयोगमा रामपुर अस्पतालले निर्माण गर्यो ज्वरो परिक्षण कक्ष

पाल्पा, रामपुर अस्पतालले युवाहरुको प्राविधिक सहयोगमा व्यवस्थित ज्वरो परिक्षण कक्ष निर्माण गरेको छ । अस्पतालले उपलब्ध गराएको सामाग्री मार्फत रामपुर ३ का युवाहरुले निःशुल्क प्राविधिक सहयोगमा विश्व स्वास्थ्य संगठनको मापडण्द अनुसार ज्वरो परिक्षण कक्ष निर्माण गरेको हो ।

विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण स्वास्थ्य संस्थाहरुमा पिपिई अभाव रहेको अवस्थामा स्वास्थ्यकर्मीहरुको सुरक्षालाई मध्यनजर गर्दै स्थानिय सामाग्रीको प्रयोग गरी स्वाव संकलनको लागि पनि हुने गरी कक्ष निर्माण गरेको हो । सीताकुण्ड आईटी एण्ड इन्जिनियरिङ्ग प्रालि बेझाँडका सञ्चालक २६ वर्षिय सुरज भण्डारी, इन्जिनियर २३ वर्षिय दिपेन्द्र न्यौपाने र स्थानिय २९ वर्षिय युवराज न्यौपानेले आल्मुनियम उद्योगका शंकर भट्टराईको सहयोगमा निर्माण गर्नु भएको हो । राष्ट्रिय आविस्कार केन्द्रका स्वयम सेवक समेत रहेका दिपेन्द्रले देशभर पिपिई अभाव भैरहेको समयमा चिकित्सकहरुको सुरक्षाको कक्ष निर्माण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थानिय सामाग्री बाटै सुरक्षित कक्ष निर्माण गर्न सकिन्छ भने हामीले जानेको ज्ञान आफ्नो ठाउँमा किन प्रयोग नगर्ने भनेर अस्पताललाई प्रस्ताव ग¥यौ । उहाँहरुले स्वीकार गर्नुभयो । सोही अनुसार राष्ट्रिय आविस्कार केन्द्रले गरेको डिजाईन अनुसार कक्ष निर्माण गरेका हौं ।’

पिपिई विना ग्लोव्सको सहायताले स्वास्थ्यकर्मीले कक्षमा भित्र बाटै बाहिर रहेका विरामीको परिक्षण गर्न सकिने व्यवस्था गरिएको छ । साथै सो कक्षमा आवश्यक अक्सिजन भित्र जाने व्यवस्था गरिएको छ । दिपेन्द्रले निर्माण गरिएको कक्ष विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार रहेको दावी गर्नुभयो । उहाँले अहिले गाउँगाउँमा प्राविधिक ज्ञान भएका युवाहरु रहेको भन्दै सकेको ज्ञान कोभिड विरुद्धको अभियानमा सहयोग गर्न अनुरोध गर्नुभयो । सीताकुण्ड आईटी एण्ड इन्जिनियरिङ्ग प्रालिका सञ्चालक सुरजका अनुसार ७५ हजार रुपैयाँ बराबरको सामाग्री मार्फत ज्वरो कक्ष निर्माण गरेको बताउनुभयो ।

रामपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर विजय परियारले अस्पतालले सामाग्री खरिद गरेको र अन्य प्राविधिक सहयोग सीताकुण्ड आईटी एण्ड इन्जिनियरिङ्ग प्रालिले गरेको बताउनुभयो । प्राविधिक सहयोगका लागि युवाहरुलाई धन्यवाद दिदै उहाँले शंकास्पद विरामीको परिक्षणको लागि सो कक्ष निकै सहज हुने बताउनुभयो । उहाँले आवश्यक सामाग्री अभाव रहेको खण्डमा कोरोना बाट बच्न र बचाउन ठूलो मदत गर्ने बताउनुभयो । डाक्टर परियारले भन्नुभयो, ‘अस्पतालमा कुनै संकास्पद विरामी आएमा हामीले यही बाट परिक्षण गर्ने छौ । यदि महामारी फैलिहालेमा यस बाटै स्वाव परिक्षण गरिने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?