लकडाउनका विच खाेप अभियानलाइ निरन्तरता दिदैँ रामपुर नगरपालिका

पाल्पा ,सरकाले कोरोना संक्रमण फैलन नदिन जारी गरेको लकडाउन बन्दाबन्दिका कारण विभिन्न क्षेत्र प्रभावित बन्दै गरएको छ । विषेश गरी स्वास्थ्य क्षेत्र त झन बढि नै प्रभावित भएको देखिन्छ । नियमित औषधी सेवन तथा चेकजाँच गर्ने विरामीहरु बढि प्रभावित भएका छन् । केही स्थानमा टोल टोल मै गएर स्वास्थ्य सेवा दिए पनि सहज रुपमा स्वास्थ्य सेवा दिन र लिनबाट सर्वसाधारणहरु वञ्चित भएका छन् । यसैविच लकडाउनका कारण गत चैत महिनामा अधिकांश स्थानबाट शिशुहरुलाई दिनु पर्ने नियमित खोप प्रभावित बन्यो । बालबालिकाहरुलाई पूर्णखोप सुनिश्चिताको लागि ‘बैशाख महिना ः खोप महिना’ भएकाले स्थानीय तहहरुले लकडाउनका विच खोपलाई निरन्तरता दिन थालेका छन् । पाल्पाको रामपुर नगरपालिका स्वास्थ्य शाखाले पनि मंगलबार देखि खोप केन्द्रहरुमा साविकको मिति र समय अनुसार खोप लगाउन सुरु गरेको छ । प्रत्येक महिनाको १६ गते देखि २२ गते सम्मको खोप तालिका अनुसार नै नगरपालिकाले २१ वटै खोप केन्द्रहरुमा खोपसुरु गरेको नगरपालिकाले जनाएको छ । विगतका वर्षहरुमा जस्तै जन्मे देखि १५ महिनाका शिशुहरु कोही पनि खोप बाट नछुटोस् भन्ने उद्देश्यले नगरपालिकाले बैशाख महिनालाई खोप महिना कै रुपमा अघि बढाएको छ । महिला तथा बालबालिका शाखाले खोप संगै शिशुहरुको पोषणको लागि अण्डा समेत वितरण गर्न सुरु गरेको छ । शाखाले पोषण कार्यक्रम अन्तर्गत स्वास्थ्य शाखा, सम्बन्धीत वडा कार्यालय संग समन्वय गरी अण्डा वितरण गर्दै आएको छ । शाखाले खोप लगाउन आएका शिशुका अभिभावक मार्फत पोषणको लागि एक÷एक क्यारेट अण्डा वितरण गरेको छ ।

खाेप लगाउन अाउने शिशुकाे पाेषणका लागी वितरण गर्न तयारी अवस्थामा राखिएकाे अण्डा

लकडाउनका विच गरिएको यो खोप कार्यक्रममा रामपुर नगर भित्रका झण्डै ६ सय शिशुहरु नियमित खोपमा सहभागी हुने भएका छन् । महिला तथा बालबालिका शाखाले निर्धारित पोषण कार्यक्रम अन्तर्गत लकडाउनलाई मध्यनजर गरेर अण्डा वितरण गरेको महिला विकास सहायक निरिक्षक पुजा परियारले जानकारी दिनुभयो । उहाँले पोषण कार्यक्रमको लागि विनियोजन भएको बजेट मार्फत खोपमा उपस्थित हुने सबैलाई अण्डा वितरण गरिने बताउनुभयो । नगरभित्रका सवै खोप केन्द्रमा साविकको मिति अनुसार नै खोप सुरु भएको रामपुर नगरपालिका स्वास्थ्य शाखाका तिर्थ प्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । गत महिना रोकिएका खोपहरु अहिले दिईने र खोपका लागि खटिएका सम्बन्धीत स्वास्थ्यकर्मीहरु लाई सामाजिक दुरी कायम गर्नमा सहयोग गर्न महिला स्वास्थ्य स्वयमसेविका संगै सम्बन्धीत वडाका जनप्रतिनिधिहरुलाई आग्रह गरिएको उहाँले बताउनुभयो । स्वास्थ्य शाखाका गिरिराज घिमिरेले अण्डा वितरण कार्यक्रमले पोषण संगै पूर्ण खोपको लागि समेत सहयोग मिलेको बताउनुभयो । रामपुर नगरपालिकाले स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नगरबासीको समस्यालाई मध्यनजगर गर्दै विभिन्न स्थानमा घुम्ति स्वास्थ्य शिविर समेत गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?