अन्धकारमुक्ती बचत तथा ऋण सहकारीले लकडाउनको समयको व्याजमा १० प्रतिशत छुट दिने

 

 

तस्विर अन्धकारमुक्ति बचत तथा ऋण सहकारी स‌स्थाकाे फेसबुकबाट

पाल्पा ‍  अन्धकारमुक्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाले सेवाग्राहीहरुलाई व्याजमा छुट दिने भएको छ । लकडाउनका कारण प्रभावित सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै व्याजदरमा १० प्रतिशत छुट दिने भएको हो ।

संस्थाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाईरस संक्रमण रोकथामका लागी सरकारले लागु गरेको लकडाउन बन्दाबन्दिका कारण संस्था मार्फत ऋण लिई विभिन्न व्यवसाय संचालन गरेका सदस्यहरुको व्यवसायमा परेको असरलाई मध्यनजर गर्दै व्याजदरमा १० प्रतिशत छुट दिन लागेको हो । लकडाउनको समय भित्रको व्याज जेठ मसान्त भित्र बुझाएमा व्याजमा १० प्रतिशत छुट दिईने संस्थाका व्यवस्थापक दिपेन्द्र प्रसाद पौडेलले बताउनुभयो । बन्दाबन्दीको समय भित्रको व्याज जेठ मसान्त भित्र बुझाएमा मात्र व्याजमा छुट दिईने अन्यथा छुट नदिईने उहाँले जानकारी दिनुभयो ।

लकडाउनको समयमा विभिन्न व्यवसाय गर्दै आएका सदस्यहरुको व्यवसाय ठप्प हुने र व्याज तिर्न गाह्रो हुने भएकाले संस्थाले व्याजदरमा छुट दिएको संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाले बताउनुभयो । साथै लकडाउनको समयमा सदस्यहरुको समस्यालाई मध्यनजर गरी प्रधान कार्यालय रामपुर पाल्पा मार्फत विहान १० बजे देखि १ बजे सम्म र शाखा कार्यालयहरुबाट आईतबार , मंगलबार र विहिबार विहान १० बजे देखि १ बजे सम्म सेवा दिई रहेको समेत बताउनुभयो । संस्थाले लकडाउनको समयमा तिर्नु पर्ने ऋण (किस्ता) लाई अनिवार्य नगराएको तर बुझाउन चहाने सदस्यको ऋण असुली गर्दै आएको छ । अहिले बुझाउनु पर्ने रकम बुझाउन नसके लकडाउन पश्चात असार मसान्त सम्म भुक्तानी गरे पनि सदस्यहरुलाई जरिवाना (हर्जना) नलाग्ने जनाएको छ ।

तस्विर अन्धकारमुक्ति बचत तथा ऋण सहकारी स‌स्थाकाे फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?