रामपुर उद्योग वाणिज्य संघ द्वारा निस्दी र पूर्वखोलालाई खाद्यान्न सहयोग

पाल्पा , रामपुर उद्योग वाणिज्य संघ रामपुर पाल्पाले पाल्पाको पूर्वखोला गाउँपालिका र निस्दी गाउँपालिकालाई खाद्यान्न सहयोग गरेको छ । संघले बुधबार गाउँपालिका कार्यालय सम्म पुगेर २०/२० हजार बराबरको खाद्यान्न सहयोग गरेको सहयोग गरेको हो ।

संघको टोलीले निस्दी गाँउपालिकाको कार्यालय मित्याल पुगेर गाँउपालिकाका प्रमुख मुक्त बहादुर सारु र उपप्रमुख रिता कुमारी अर्याललाई ५ क्विन्टल चामल राहत स्वरुप सहयोग हस्तान्तरण गरेको हो । यस्तै संघले पूर्वखोला गाँउपालिाकाको कार्यालय पूर्वखोला पुगेर गाँउपालिकाका प्रमुख पशासकिय अधिकृत रुद्र बहादुर पछाई , प्रशासकिय अधिकृत हरि टण्डनलाई ५ क्विन्टल चामल राहत स्वरुप हस्तान्तरण गरेको छ । राहत हस्तान्तरण गर्न रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालको नेतृत्वमा वाणिज्य उपाध्यक्ष दुर्गा प्रसाद भट्टराई , उद्योग उपाध्यक्ष रुद्रनारायण श्रेष्ठ , महासचिव खिम बहादुर क्षेत्री र सचिव खुममाया राना सहितको टोली पुगेको थियो । रामपुर उद्योग वाणिज्य संघ कार्य क्षेत्रका हिसाबले रामपुर नगरपालिका भए पनि विभिन्न समयमा निस्दी गाँउपालिका र पूर्वखोला गाँउपालिका संग समन्वय गरेर विविध कार्यक्रम गरिएको साथै यी दुई पालिकाको मुख्य व्यापारिक केन्द्र रामपुर भएकाले नजिकको सम्बधका कारण राहत वितरण गरिएको रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले बताउनुभयो ।

संघले यस अघि रामपुर नगरपालिकाको राहत कोषमा ५१ हजार रूपैयाँ संकलन गरि सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?