झ्याल बाट देखिने सुन्दर दृश्यको फोटो प्रतियोगिता आयोजना हुने

काठमाडौ : नेपाल पर्यटन बोर्डले झ्यालबाट देखिने सुन्दर दृश्यको फोटो प्रतियोगिता आयोजना गरेको छ । बन्दाबन्दीको वेलामा आफ्नो ठाँउलाई प्रचार प्रसार गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगितामा नेपालको जुनसुकै स्थानको प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटन गतिविधिका तस्बिर अनलाइन मार्फत नै पठाउन सकिने छ । यहीँ आउदो जेठ १८ गते सम्म प्रतियोगिले फोटो पठाउनु पर्ने छ । सहभागीले    https://photonepal.travel     मार्फत फोटो पठाउन सकिनेछ । प्रतियोगितामा सहभागि मध्येबाट उत्कृष्ट ५ लाई पुरस्कृत गर्ने नेपाल पर्यटन बोर्डले जनाएको छ । उत्कृष्टले १०/१० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

फोटो प्रतियोगिताले नेपालको कुनाकाप्चामा खिचिएको फोटो प्रदर्शनी गर्ने, छलफल गर्ने र फोटो मार्फत देशको पर्यटन प्रवर्द्धन गर्ने साझा अभियानलाई अघि बढाउने बोर्डका प्रमुख कार्यकारी अधिकृत डाक्टर धनञ्जय रेग्मीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?