दोस्रो चरणको राहत वितरण अघि बढाउन पाल्पा कांग्रेसको आग्रह

पाल्पा, नेपाली कांग्रेस पाल्पाले लकडाउनले प्रभावित बनेका दैनिक ज्यालादारी मजदुर तथा विपन्न परिवारलाई तत्काल दोस्रो चरणको राहत वितरण प्रक्रिया अघि बढाउन आग्रह गरेको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईस बाट बचाउन सरकारले जारी गरेको लकडाउनका कारण आर्थिक क्रियाकलाप ठप्प हुँदा पहिलो चरण बाँडिएको सिमित राहतले उनीहरुलाई छाक टार्न समस्या परेको भन्दै एक विज्ञप्ती मार्फत आग्रह गरेको हो ।

पाल्पा कांग्रेसले स्थानिय सरकारले पहिलो चरणमा  राहत वितरण गरे पनि रामत लक्षित वर्ग सम्म नपुगेको र भेदभाव भएको भन्ने व्यापक जनगुनासो सुनिन आएको ध्यानाकर्षण भएको जनाएको छ । नेपाली कांग्रेस पाल्पाका सभापति वीर बहादुर राना द्वारा हस्ताक्षारित विहिबार जारी भएको प्रेस विज्ञप्तीमा ५ बुँदे सहित भनिएको छ ।, ‘लामो समय आर्थिक क्रियाकलाप ठप्प हुँदा पहिलो चरणमा बाँडिएको सिमित राहत कार्यक्रमले दैनिक ज्याला मजदुरी र विपन्न नागरिकलाई छाक टार्न समस्या परेको हुँदा पुनः दोस्रो चरणको राहत वितरण अविलम्ब अगाडी बढाई निम्नअनुसारको कामहरु अघि बढाउन सम्बन्धित निकाय समक्ष नेपाली कांग्रेस पाल्पा जोडदार माग गर्दछ ’

पाल्पा कांग्रेसले तीनै तहका सरकारले गरेको राहत तथा कोरोना विरुद्धको कार्यक्रममा सहयोग गर्दै आएको र आगामी दिनमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । दोस्रो चरणको राहत वितरण प्रक्रिया अविलम्ब अगाडी बढाउन आग्रह संगै स्थानीय तहहरु बाट सहुलियत राहतका नाममा भईरहेको गतिविधिले अन्यौलता थपेको भन्दै स्पष्ट मापदण्ड बनाउन, वित्तिय संघ संस्था बाट  उद्योगी व्यवसायी र कृषकहरुलाई सहुलियत दिने निर्णय कार्यन्वयन गर्न, शिक्षा क्षेत्रमा देखिएको अन्यौलता अन्त्यका लागि आवश्यक कदम चाल्न र परीक्षणको दायरालाई बढाई स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीको हितलाई प्राथमिकता दिन माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?