प्रदेश ५ मा शुक्रबार २ जना कोरोना पोजिटिभ भेटियो

Blood sample tube positive with COVID-19 or novel coronavirus 2019 found in Wuhan, China

काठमाडौ, कोरोना संक्रमित रहित रहेको प्रदेश नं. ५ मा शुक्रबार २ जनामा पोजिटिभ भेटिए संगै संक्रमितको संख्या ५९ पुगेको छ । रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षिय युवक र बाँकेको नेपालगञ्जका ६० वर्षीय पुरुषको स्वाब परिक्षणको क्रममा पोजिटिभ भेटिएको हो ।

रुपन्देहीका युवकको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा र बाँकेका पुरुषको भेरी अस्पतालमा स्वाबको नमुना परीक्षण भएको थियो । बाँकेको ६० वर्षीय संक्रमितलाई सुशील कोइराला अस्पतालको आइसोलेनमा र रुपन्देहीका संक्रमितको भने बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचाररत छन् । उनीहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै ४९ पुरुष र १० महिला गरेर संक्रमितको संख्या ५९ पुगेको हो । जसमा १६ जना निको भएर डिस्चार्ज भैसकेका छन् । अन्य ४३ संक्रमित मध्ये सबै भन्दा बढी विराटनगरको कोशी अस्पतालमा ३१ जनाको, वीरगन्जमा ८ जनाको उपचार भइराखेको छ । रुपन्देही, नेपालगञ्ज, धनगढी र भरतपुरमा एकएक जनाको उपचार हुँदैछ । दुई संक्रमित मध्ये रुपन्देहीका कोरोना संक्रमित २५ वर्षीय युवा भारतीय सीमा क्षेत्रमा बस्दै आएको बताइएको छ । भारतबाट बैशाख ५ गते नेपाल भित्रिएका उनी मर्चवारकै एक क्वारेन्टाइनमा बसेका थिए । मर्चवारको मझगवामा स्थित क्वारेन्टाइनका सबैको कोरोना परीक्षणका क्रममा उनमा पोजेटिभ देखिएको हो । पोजिटिभ रिपोर्ट आएका व्यक्तिको ट्राभल हिस्टी खोजी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?