भारतमा २ हप्ता लकडउन थपियाे

विश्वभर महामारिको रुपमा फैलिएको कोरोना भाईरसका कारण विभिन्न देशमा लकडाउन छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागी भारतमा थप दुई हप्ता लकडाउन थपिएको छ । भारतमा अव लकडाउन जेठ ४ गतेसम्म सम्म गर्नेे निर्णय भएको भारतको गृहमन्त्रालयले जनाएको छ । भारतमा अव कोरोना जोखिम भएको क्षेत्रमा कडाइ गरिने र आवतजावतमा पूर्ण रुपमा रोक लगाउने भएको छ । यस्तै, हवाई उडान, रेल, मेट्रो र सडकमाफर्त हुने आवतजावत पूर्ण रुपमा बन्द गराईएकोछ । तर विशेष उदेश्यले गृहमन्त्रालयको अनुमतिमा भने चलाउन दिइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा कोरोना सङ्क्रमितको संख्या ३५ हजार भन्दा बढि पुगेको छ । अहिलेसम्म १ हजार १ सयभन्दा धेरैको कोरोनाका कारण मृत्यू भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?