आईतबार मात्रै थप १० जनामा संक्रमण फेला

 

 

काठमाडौं, आईतबार मात्रै नेपालमा थप १० जना कोरोना संक्रमित थपिएको छ । यस संगै देश भरमा संक्रमितको संख्या ६९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नेपालगन्जमा ९ जना र पर्साको विरगञ्जमा १ जना संक्रमित भेटिएको हो ।

वीरगञ्जमा ३६ वर्षीय पुरुष र नेपालगन्जमा ७ वर्ष देखि ५८ वर्ष ५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण देखिएको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । संक्रमित मध्ये १६ जना डिस्चार्ज भएका छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार भइराखेको छ ।

आइतबारसम्म नेपालमा आरडीटी विधिबाट ४९ हजार ६ सय ८८ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट १३ हजार ४ सय १४ परीक्षणहरु भएको जनाएको छ । त्यसैगरी आइतबारसम्मको अपडेटमा आइसोलेसनमा देशभरी ७८ जना रहेका छन् । काठमाडौँमा ४ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ७३ जना रहेका छन् । क्वारेन्टाइनमा २१ हजार ९ सय ५१ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?