निस्दीमा १२ जनाको आरडीटी परिक्षण

                                                                                                                                                                                                                           तस्वीर :- धन बहादुर ठाडा

पाल्पा, निस्दी गाउँपालिकामा थप १२ जनाको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परिक्षण गरिएको छ । परिक्षणको क्रममा उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ । विदेश तथा अन्य स्थान बाट आएका उनीहरुलाई क्वारेन्टाइनमा बसेको १४ दिन पश्चात आरडीटी परिक्षण गरी घर पठाईएको छ ।
सरस्वती माध्यमिक विद्यालय निस्दी ५ गल्धामा बसेका १० जना र गौरीशंकर माध्यमिक विद्यालय निस्दी ४ मित्याल क्वारेन्टाइनमा बसेका २ जना गरी १२ जनालाई गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले धन्यवाद पत्र प्रदान गरेर घर पठाउनु भएको हो । सारुले उनीहरुलाई एक हप्ता होम क्वारेन्टाईनमा बस्न सुझाव दिईएको बताउनुभयो । उनीहरुलाई क्वारेन्टाइन बाट विदाई गरिए संगै निस्दीमा क्वारेन्टाइनमा बस्नेको संख्या ४४ जना रहेको स्वास्थ शाखा संयोजक रेमबहादुर दिशाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?