पूर्वखोलामा क्वारेन्टाईन बसेका १३ जनाको आरडिटि परिक्षण

                                                                                                                                                                                   तस्वीर :- पूर्वखाेला गाउँपालिकाकाे फेसबुक पेज बाट

पाल्पा, पूर्वखोला गाउँपालिकामा क्वारेन्टाईनमा बसेका थप १३ जनाको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटि) परिक्षण गरिएको छ । पालिकाले सोमबार वडा नं. २ जल्पामा ६ र वडा नं. ३ अर्खलडाँडामा ७ जना क्वारेन्टाइनमा बसेकाहरुको आरडिटि परिक्षण गरेको हो ।
परिक्षणको क्रममा उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

उनीहरु सबैको आरडिटि परीक्षणमा रिपोर्ट नेगेटिभ देखिएको पूर्वखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहोन ढकाले जानकारी दिनुभयो । अर्खलडाँडामा कपिलवस्तु बाट आएका र जल्पामा पोखरा बाट आएकाहरुलाई क्वारेन्टाईनमा राखिएको थियो । २ हप्ता क्वारेन्टाईन बसाई पछि उनीहरुको आरडिटी परीक्षण गरिएको थियो । रिपोर्ट नेगेटिभ आएपछि उनीहरू सबैलाई थप एक साता होम क्वारेन्टाइनमै बस्न सुझाव दिई घर पठाइएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताउनुभयो ।

                                                                                                                                                                                  तस्वीर :- पूर्वखाेला गाउँपालिकाकाे फेसबुक पेज बाट

उनीहरुको स्वास्थ्य शाखा प्रमुख मोहन ढकालको नेतृत्वमा, विरकोट स्वस्थ्य चौकीका ल्याव असिस्टेन सविता पछाई र स्टाफ नर्स ममता सुनारले आरडिटि परिक्षण गर्नु भएको थियो । यस अघि गाउँपालिको वडा नं. १ को सिलुवामा २१ जना, वडा नं. ४ को देविनगरमा ६ जना र वडा नं. ६ हेक्लाङ्गमा २ जना गरी २९ जनाको परिक्षण भैसकेको थियो । यस संगै हाल सम्म पूर्वखोलामा ४२ जनाको परिक्षण भएको छ । गाउँपालिकामा हाल २२ जना क्वारेन्टाईनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?