मंगलबार सम्ममा रामपुरका १ हजार २ सय १७ परिवारलाई दोस्रो चरणको राहत

पाल्पा, रामपुर नगरपालिकाले मंगलबार सम्ममा १ हजार २ सय १७ परिवारलाई दोस्रो चरणको राहत प्रदान गरिएको छ । मंगलबार सम्ममा वडा नं. १, २, ४, ५, ६, ७ र ८ का लकडाउन बाट प्रभावित बनेका दैनिक ज्यालादारी श्रमिक, अति विपन्न र अशक्त परिवारलाई राहत वितरण गरेको हो ।


वडा नं. ३, ९ र १० ले भने बुधबार बाट राहत वितरण गर्ने जनाएको छ । रामपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मित्रलाल कंडेलका अनुसार पन्थे, बर्दाकोट, फुर्केचौर र ठूली बेसी बाट १ सय २८ परिवारलाई राहत वितरण गरिएको छ । वडा नं. २ मा पनि खयरबोट बाट ९० परिवारलाई वितरण गरिएको वडा अध्यक्ष तारा बहादुर थापाले जानकारी दिनुभयो । वडा नं. ४ ले पनि देविस्थान र गाउँपोखरा बाट १ सय ९५ जना राहत वितरण गरेको वडा अध्यक्ष एक बहादुर नेपालीले बताउनुभयो । वडा नं. ५ को ३ सय ८५ परिवार मध्ये आज बेझाँड बाट २ सय ६५ परिवारले राहत बुझेको र १ सय २० ले बुझ्न बाँकी रहेको वडा अध्यक्ष हिमाल मल्लले बताउनुभयो । उहाँले ढुङ्गेचौपारी र ठूलोटार बाट पनि राहत वितरण गर्ने भनिए पनि मौसमका कारण समस्या भएकाले बेझाँड रामपुर युवा क्लवको भवन बाट वितरण गरिएको बताउनुभयो ।


वडा नं. ६ ले पनि २ सय ८४ परिवारलाई दरैँठाँटी मावि र नवदुर्गा मावि बाट राहत वितरण गरेको छ । वडा अध्यक्ष हुमनाथ न्यौपाने नगरपालिकाले दिएको राहत संगै कृषकहरुले उत्पादन गरेका बन्दा पनि बन्दा पनि वितरण गरिएको बताउनु भयो । उहाँले कृषकहरुको उत्पादन खेर नजाओस् भन्ने उद्देश्यले प्रति गोटा ३ सय बन्दा १५ रुपैयाँको दरले खरिद गरी वितरण गरिएको जानकारी दिनुभयो । साथै वडाले राहत दिन आउनेहरुको लागि ४ सय ७५ वटा माक्स पनि वितरण गरेको वडा सचिव बासुदेव ढकालले बताउनुभयो । सोमबार बाट राहत वितरण गरेको वडा नं. ७ ले पनि मंगलबार सम्ममा १ सय ७९ परिवार मध्ये १ सय ७३ जनालाई किसानबारी बाटै राहत वितरण गरेको वडा अध्यक्ष तिर्थ प्रसाद पंगेनीले बताउनुभयो । उहाँले बाँकीलाई बुधबार सम्ममा दिईने बताउनुभयो । वडा नं. ८ मा पनि १ सय ९२ बढी परिवार मध्ये ८२ जनाले आँपचौर बाट राहत बुझेको र बाँकी अन्यलाई पनि सोही स्थान बाट वितरण गरिने वडा नं. ८ का वडा सदस्य एवं कायपालिका सदस्य गीता क्षेत्रीले बताउनुभयो । वडा नं. ३ का १ सय ५७ परिवारलेलाई रजघरा र बगाहा, वडा नं. ९ का १ सय ५५ परिवारले वडा कार्यालय जब्गादी र वडा नं. १० का १ सय ४० परिवारले सुर्यगौडा बाट राहत बुझ्ने रामपुर नगरपालिकाका योजना अधिकृत कपिल बहादुर खाँणले जानकारी दिनुभयो ।


नगरपालिकाले वडा कार्यालयको समन्वयमा पायक पर्ने स्थान बाट सामाजिक दुरी निर्धारण गरी खाद्यान्न वितरण गरिरहेको छ । वडामा आएका निवेदनको आधारमा जनप्रतिनिधीहरुले राजनैतिक दलहरु संग समन्वय गरी राहतको लागि सिफारिस गरेको थियो । नागरिकहरुलाई वडाका जनप्रतिनिधीहरुले स्थानिय युवा, राजनैतिक दल र प्रहरी संग समन्वय गरी राहत वितरण गरिरहेका छन् ।
गत चैत्र ११ गते बाट जारी लकडाउनका कारण प्रभावित १ हजार ९ सय ५ भन्दा बढी परिवारका ७ हजार ३ सय बढीलाई राहत प्रदान गर्न लागेको नगरपालिकाले जनाएको छ । परिवार संख्याको आधारमा नगरपालिकाले तयार गरेको कार्यविधि अनुसार चामल, दाल, तेल, नुन, साबुन, चनाको प्याकेज बनाएर वितरण गरिरहेको छ । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यका अनुसार १ जना मात्रको परिवारलाई ५ केजी चामल, १ केजी दाल, आधा लिटर तेल, १ केजी नुन, १ वटा साबुन, १ केजी चना, २ देखि ४ जनाको परिवारलाई २० केजी चामल, २ केजी दाल, १ लिटर तेल, १ केजी नुन, २ वटा साबुन, २ केजी चना र ५ जना भन्दा माथिको परिवारलाई २५ केजी चामल, ३ केजी दाल, साढे १ लिटर तेल, २ केजी नुन, ३ वटा साबुन, ३ केजी चना वितरण भैरहेको छ । उहाँले वडा कार्यालयले पायक पर्ने स्थानहरु बाट राहत वितरण भैरहेको जानकारी दिनुभयो ।

राहत वितरण कार्यको रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यको संयोजकत्वमा गठित प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्य, इलाका प्रशासनका प्रमुख आशोक कुमार अचार्य, इलाका प्रहरीका प्रमुख भिम बहादुर कार्की, योजना अधिकृत कपिल बहादुर खाँण तथा पत्रकार सहितको अनुगमन समितिले अनुगमन गरिरहेको छ ।

उपप्रमुख घिमिरेले पहिलो चरणको गल्तीहरुलाई सुधार गर्दै सबै वडाहरुमा सामाजिक दुरी कायम गरी शान्तपूर्वक, तोकिएको मापडण्दको खाद्यान्न वितरण भैरहेको पाईएको बताउनुभयो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले लकडाउन कहिले सम्म रहने निश्चित नभएको भन्दै सरकारको निर्देशन र आवश्यकता अनुसार अघि बढ्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?