लकडाउन जेठ ५ सम्मलाई थपियो, विहिबार साँझ दिप प्रज्वलन गर्न सरकारको आग्रह

काठमाडाै,  विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण बाट जोगाउन गत चैत्र ११ गते देखि जारी लकडाउन जेठ ५ गते सम्म थप भएको छ । बुधबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सुझाव समय थप गरेको हो ।

पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरे संगै दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो । त्यसलाई निरन्तरता दिँदै वैशाख ३ गतेसम्म लकडाउन थपिएको थियो । पुन  १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ सम्म र्पुयाएको थियो । पछिल्लो पटक १० दिन थप गर्दै बैशाख २५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको थियो । अन्तर्राष्ट्रिय सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । छिमेकी भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला सीमा नाका जेठ १८ सम्म बन्द गर्ने र थप कडाई पनि गर्ने निर्णय गरेको हो । जेठ २ सम्म अन्तर्राष्ट्रिय र राष्ट्रिय हवाई उडानमा लगाएको प्रतिबन्धलाई पनि बढाएर जेठ १८ सम्म र्पुयाएको छ ।

यता सरकारले बुद्धजयन्तीको अवसरमा बैशाख २५ गते बुधबार बुद्ध जयन्तीका अवसरमा साँझ दिप प्रज्वलन गर्न पनि आग्रह गरेको छ । लकडाउन अवधिमा अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अत्यावश्यक बाहेक अन्य सेवा बन्द रहनेछन् । सरकारले घरबाहिर निस्किनेलाई थप कडाइ गरिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?