तस्विर पत्रकार धन बहादुर ठाडा
पाल्पा , निस्दी गाउँपालिकामा क्वारेन्टाइनमा बसेका २७ जनाको ¥यापिड डाईगोनोष्टिक टेष्ट आरडिटी टेस्ट गरिएको छ । परिक्षण गरिएका मध्ये सवैको रिपोर्ट नेगेटिभ आएको छ । विदेशबाट आएका तथा क्वारेन्टाइनमा बस्दै आएका १४ दिन पुग्ने व्यक्तिहरुको बुधबार आरडिटी टेस्ट गरिएको हो । परिक्षण पश्चात रिपोर्ट नेगेटिभ आएका २७ जनालाई पालिकाले घर पठाएको छ।
परिक्षण गरिएका मध्ये सरस्वती माध्यमिक विद्यालय निस्दी ५ गल्धाका १० जना, गौरीशंकर माध्यमिक विद्यालय निस्दी ४, मित्यालका ४ जना र जनप्रिय माध्यमिक विद्यालय निस्दी ७ , ज्यामिरेका १३ जना गरि जम्मा २७ जनालाई निस्दी गाउँपालिकाका उपाध्यक्ष रिता कुमारी अर्यालले धन्यवाद पत्र प्रदान गरेर घर पठाईएको हो। यसअघि निस्दीले क्वारेन्टाइनमा बस्दै आएका १२ जनालाई घर पठाइसकेको थियो । साथै गाँउपालिाकाका उपाध्यक्ष अर्यालले उनिहरुलाई एक हप्ता होम क्वारेन्टाईन्मा बस्न आग्रह गर्नु भएको छ । यस अघि क्वारेन्टाईनमा बसेका १२ जनाको आरडिटि परिक्षण गरिएको थियो । परिक्षणका क्रममा सवै जनाको रिपोर्ट नेगेटिभ आएको थियो । यस संगै गाँउपालिकाले ३९ जनाको आर डिटि परिक्षण गरेको छ ।
यस्तै निस्दी गाँउपालिकाले गौरीशंकर माध्यमिक विद्यालय निस्दी ४ मित्यालमा बुधबार काठमाडौबाट आएका १ जना र चितवनबाट आएका २ जना गरि ३ जनालाई क्वारेन्टाईनमा राखेसंगै निस्दी गाँउपालिकामा अहिले २२ जना क्वारेन्टाईनमा बसेका छन् । कोरोना भाईरस कोभिड १९ को जोखिम न्यूनीकरणका लागि निस्दीगाँउपालिकाले अन्य छिमेकी जिल्लाबाट आएकालाई समेत अनिवार्य रूपमा क्वारेन्टाइनमा राख्दै आएको छ।