आज २५६४ औँ बुद्ध जयन्ति , साँझ दिप प्रज्वलन गर्न सरकारको आग्रह

आज २५६४ औँ बुद्ध जयन्ति अर्थात बुद्ध पूर्णिमा महामानव गौतम बुद्धप्रति आस्था प्रकट गरि मनाइँदैछ । सिद्धार्थ गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले आजको दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रुपमा पनि मनाउने गर्दद्धन् ।

आजभन्दा २५६४ वर्ष अघि सिद्धार्थ गौतमको जन्म आमा मायादेवी माइती देवदह जाने क्रममा लुम्बिनीमा भएको थियो । पिता राजा शुद्धोधन र माता मायादेवीको सुपुत्रको रुपमा जन्मिएका गौतम २९ वर्षको उमेरमा घर छोडेर दरबारबाट निस्किएका थिए । दरबार छोडी ६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ लाई बुद्धत्व प्राप्ति भएपछि बुद्धका रुपमा विश्वप्रसिद्धि पाएका थिए ।

बुद्ध जयन्तिका अवसरका विगतका बर्षमा लुम्बिनिमा विषेश मेला लागे पनि यस बर्ष भने विषेश कार्यक्रम नरहेको लुम्बिनि विकास कोषले जनाएको छ । विगतमा बैद्ध पूर्णिमा धुमधामका साथ मनाए पनि यो बर्ष भने कोरोना संक्रमण रोकथामका लागी जारी लकडाउनका कारण नेपालका कुनै पनि स्थान तथा गुम्बाहरुमा कुनै भव्य कार्यक्रमको आयोजना गरिएको छैन । साथै सरकारले बौद्ध पूर्णिमाका अवसरमा आज साँझ दिप प्रज्वलन गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?