विहिबार रामपुरमा थप १३ जनाको आरडिटी परिक्षण, नतिजा सबैको नेगेटिभ

पाल्पा, रामपुरमा थप १३ जनाको ¥यापिड डाइगोनष्टिक टेष्ट (आरडिटी) परिक्षण गरिएको छ । बालकल्याण प्राथमिक विद्यालय रामपुर ५ सानी अमराईको क्वारेन्टाईनमा रहेका १२ जना र होम क्वारेन्टाईनमा रहेका १ जनाको विहिबार आरडिटी परिक्षण भएको हो ।

उनीहरु सबैको नतिजा नेगेटिभ आएको छ । यस संगै रामपुरमा आडिटी परिक्षण गर्नेको संख्या ३१ पुगेको छ । केही समय अघि ३ पटक गरी बालकल्याण प्राथमिक विद्यालय बाटै १८ जनाको आरडिटी परिक्षण भएको थियो । रामपुर नगरपालिकाको वडा नं. ४, ९ र १० लगाएतका वडाहरुले निर्माण गरेको क्वारेन्टाईनमा अझै १७ जना रहेका छन् । गत बैशाख ११ गते उदयपुर, सप्तरी, रौटहटमा मजदुर लिएर गएका सवारी चालक तथा सहचालक र चितवन बाट फर्किएर बालकल्याण प्राथमिक विद्यालय रामपुर ५ सानिअमराईको क्वारेन्टाईनमा बसेका १२ जना र कपिलवस्तु बाट बैशाख ४ गते फकिएर होम क्वारेन्टाईनमा बसेका १ जनाको परिक्षण गरिएको रामपुर नगरपालिकाले जनाएको छ । उनीहरुलाई परिक्षण पश्चात क्वारेन्टाईन बाट १ हप्ता होम क्वारेन्टाईनमा बस्न सुझाव सहित विदा गरिएको छ ।

सबैको आरडीटी परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको रामपुर अस्पतालका ल्याव असिस्टेन मनोज सुवेदीले बताउनुभयो । रामपुर अस्पतालका ल्याव असिस्टेन्ट मनोज सुवेदी, रामपुर नगरपालिकाका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीहरु गिरिराज घिमिरे, तिर्थ प्रसाद ढुङ्गाना, पुनम धिताल, कमला श्रेष्ठ गाँडाकोट स्वास्थ्य चौकीका प्रमुख मजिवुर रहमान शेखको टोली आरडीटी परिक्षणमा खटिएको थियो । त्यस्तै आरडिटी परिक्षण पूर्व सुरक्षा बेस क्याम्प रामपुरको नेपाली सेनाको टोलीले डिसइन्फेक्सन स्प्रे गरेको थियो ।

परिक्षण कार्यमा रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्य, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्य, रामपुर नगरपालिका ५ का वडा अध्यक्ष हिमाल मल्ल, इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख अशोक कुमार आचार्य, इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भिम बहादुर कार्की लगाएत सरोकारवालाहरुको सहभागीता रहेको थियो । रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष हिमाल मल्लका अनुसार उनीहरुलाई नगरपालिका र वडा कार्यालयको समन्वयमा एकजना भान्सेको व्यबस्था गरी खाना खुवाउने व्यवस्था गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?