पाल्पा, नेपाली कांग्रेस पूर्वखोला गाउँपालिका कार्य समितिले पूर्वखोला गाउँपालिकाको राहत कोषमा रकम जम्मा गरेको छ । गाउँपालिकाले स्थापना गरेको कोरोना भाइरस कोभिड–१९ प्रकोप रोकथाम तथा नियन्त्रण कोष २६ हजार ७ सय जम्मा गरेको हो ।
नेपाली कांग्रेस पूर्वखोला गाउँपालिकाका संयोजक कृष्णप्रसाद शर्मा पौडेल, नेपाली कांग्रेसका क्षेत्रीय सदस्य तथा युवा नेता किशोर पंगेनि, महिला नेतृ सीता देवकोटा, नेपाली कांग्रेस पूर्व खोला ३ का सचिव इश्वर आचार्य, तरूण नेता नारायण न्यौपाने लगायतको टोलीले गाउपालिका अध्यक्ष नुन बहादुर थापालाई भौचर हस्तान्तरण गरेको थियो ।
नेपाली कांग्रेस पाल्पाले गरेको निर्णय अनुसार जिल्लाका प्रत्येक पालिकाहरूमा स्थापना भएको कोरोना भाइरस नियन्त्रण तथा राहत कोषमा पार्टीको सम्बन्धित पालिका समितिले नगद सहयोग गर्ने कार्यक्रम अन्तर्गत पुर्वखोला गाउँपालिकामा पनि सहयोग स्वरूप रकम हस्तान्तरण गरिएको नेपाली कांग्रेसका क्षेत्रीय सदस्य तथा युवा नेता किशोर पंगेनिले बताउनुभयो । कोरोना भाइरसबाट बचाउन सरकारले जारी गरेको लकडाउनका कारण प्रभावित बनेका दैनिक ज्यालादारी मजदुर, विपन्न परिवारको सहयोगको लागि स्वऐच्छिक रूपमा शुभेच्छुकहरु बाट रकम संकलन गरी गाउँपालिकाको राहत कोषमा जम्मा गरिएको नेपाली कांग्रेस पूर्व खोला ३ का सचिव इश्वर आचार्यले जानकारी दिनुभयो ।