रामपुर १० मा १० जनाको आईतबार आरडिटी परिक्षण

पाल्पा, रामपुर नगरपालिकामा आईतबार थप १० जनाको ¥यापिड डाइगोनष्टिक टेष्ट (आरडिटी) परिक्षण गरिएको छ । रामेछाप, म्याग्दी, बुटवल लगायतका स्थान बाट फर्केर रामपुर १०को जनकल्याण माध्यमिक विद्यालय रामटारको क्वारेन्टाईनमा बसेका ६ जना र भानुभक्त माध्यमिक विद्यालय बर्दलेमा बसेका ४ जना गरी १० जनाको आरडिटी परिक्षण गरिएको हो ।

उनीहरु बैशाख १३ र १५ गते गाउँ फर्केका थिए । आरडिटी परिक्षणमा नतिजा नेगेटिभ आए पछि उनीहरुलाई थप एक हप्ता होम क्वारेन्टाईनमा बस्न अनुरोध सहित घर पठाईएको छ । यस संगै रामपुर नगरपालिकामा भारत तथा विभिन्न जिल्ला बाट आएर क्वारेन्टाईनमा बसेका ४१ जनाको आरडिटी परिक्षण भएको छ । रामपुर अस्पतालका ल्याव टेक्निसिय यम बहादुर सिंजाली, नगरपालिकाका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीहरु गिरिराज घिमिरे, तिर्थ प्रसाद ढुङ्गाना र गेझा स्वास्थ्य चौकीका प्रमुख विक्रम भण्डारी लगाएतको टोलीले स्वास्थ्य परिक्षण गरेको थियो । सबैको आरडीटी परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको रामपुर अस्पतालका ल्याव टेक्निसिय नयम बहादुर सिंजालीले जानकारी दिनुभयो ।

परिक्षण कार्यमा रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्य, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्य, रामपुर नगरपालिका १० का वडा अध्यक्ष लिला बहादुर गाहा, इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भिम बहादुर कार्की, कार्यपालिका सदस्य सावित्रा गौतम, वडा नं. १० का वडा सदस्य कृष्ण बहादुर सारु लगाएतको सहभागीता रहेको थियो । रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले आईतबार विदाई भएका हरुलाई थप एक हप्ता अनुशासन पूर्वक होम क्वारेन्टाईनमा बस्न आग्रह गर्दै गाउँमा बाहिर बाट आएमा क्वारेन्टाईन सम्म ल्याउन सहयोग गर्न अनुरोध गर्नुभयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले धन्यवाद सहितको प्रमाण पत्र र सावुन प्रदान गर्नु भएको थियो ।

रामपुर १० का वडा अध्यक्ष लिला बहादुर गाहाले क्वारेन्टाईनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भएको थियो । रामपुर नगरपालिका ४ देविस्थानको कालिका आधारभूत विद्यालयमा ४ जना, रामपुर ९ जब्गादीको भानुभक्त माध्यमिक विद्यालयमा ५ जना र रामपुर ३ रजघराको जनविकास माध्यमिक विद्यालयमा ३ जना गरी १२ जना क्वारेन्टाईनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?