बिरुवा उत्पादन गर्दै निस्दीको एक सामुदायिक वन

तस्बिर पत्रकार धन बहादुर ठाडा

पाल्पा , निस्दी गाउँपालिकाको एउटा सामुदायिक बनले विभिन्न बिरुवा तयार गरेको छ ।थुम्काडाँडा सामुदायिक बन उपभोक्त समूह निस्दी- ४, मित्याल मौलाथर पाल्पाले करिब ३० हजार वटा दालचीनी र चिउरीको बिरुवा तयार पारेको हो ।
सामुदायिक बनका उपभोक्तहरुले २० हजार भन्दा बढी दालचीनीको बिरुवा र ८ हजार भन्दा बढी चिउरीको बिरुवा तयार पारेको उपभोक्त समितिका अध्यक्ष छाम बहादुर सारुले बताउनुभयो । जिल्ला बन कार्यालय पाल्पाको सहयोग तथा निस्दी सव डिभिजन बन कार्यालय मित्यालको समन्वयमा यहाँका उपभोक्तहरुले बिरुवा तयार परेको हो।

अहिले तयार भएको बिरुवामध्ये करिब ५ हजार विरुवा बन क्षेत्रमा रोप्ने र बाँकी रहेका बिरुवा अन्य इच्छुक सामुदायिक बन , कबुलियती बन तथा कृषकहरुलाई निशुल्क प्रदान गरिने निस्दी सव डिभिजन बन कार्यालय मित्यालका कार्यालय प्रमुख नन्द प्रसाद अधिकारीले बताउनुभयो । अहिले यस सामुदायिक बनलाई चिउरीको बिउ पकेट क्षेत्र बनाएर चिउरीको बिरुवा संरक्षण तथा बिउ उत्पादन गर्दै आएको छ। करिब ४७ हेक्टर क्षेत्रमा फैलिएको यस सामुदायिक बनले बन क्षेत्रमा सालको बिरुवा लगाएर बन संरक्षणमा टेवा पुर्याएको भन्दै र बन संरक्षण तथा सम्बर्द्धनमा थुप्रै उत्कृष्ट काम गरे बापत विभिन्न राष्ट्रिय स्तरको पुरस्कार प्राप्त गरी सकेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?