सोमबार थप ११ जनामा संक्रमणको पुष्टि

काठमाडौं, सोमबार थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । सप्तरीमा १ र कपिलवस्तुमा १० जनामा संक्रमण भेटिएको हो । यस संगै संक्रमण हुनेहरुको संख्या १ सय २१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्यम मन्त्रालयले विहान कपिलवस्तुमा १० जनामा नयाँ संक्रमित भेटिएको विज्ञप्ति निकालेको थियो । त्यस्तै दिउँसो पुन विज्ञप्ति जारी गर्दै सप्तरीमा पनि नयाँ संक्रमित भेटिएको पुष्टि गरेको थियो । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५, बुद्धभुमी नगरपालिका नं. ७ र वडा नं. १० का १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षिय र एकजना उमेर नखुलेका पुरुष गरी १० जनामा संक्रमण पाइएको विज्ञप्ति मार्फत जानकारी दिएका थिए । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाव परिक्षण गरिएको थियो । उनीहरु सबै भारत बाट फर्किएका हुन् ।
सप्तरीको डाक्नेश्वर नगरपालिका वडा नं. ३ का १८ वर्षिय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको प्रयोगशाला परीक्षण गर्दा पोजेटिभ भेटिएको थियो । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म उदयपुरमा ३२, पर्सामा २५, बाँकेमा २४, कपिलवस्तुमा १५, काठमाडौंमा ५, कैलालीमा ४, रौतहटमा ३ तथा बागलुङ, बारा, चितवन र झापामा २र२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, सर्लाही, सप्तरी, रुपन्देही र कञ्चनपुरमा एकरएक जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये ३३ जना निको भएका छन् । तर नारायणी अस्पताल वीरगन्जबाट कोभिड–१९ निको भएर गएका दुई जनामा पीसीआर परीक्षणमा पोजिटिभ देखिएपछि उनीहरूलाई थप परीक्षणका लागि अस्पतालमा पुन : भर्ना गरिएको छ । त्यसैगरी काठमाडौको सनसिटी अपार्टमेन्टमा बस्ने ५२ वर्षीय ती व्यक्तिको पनि पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?