रामपुर ४ देविस्थानको कालिका आधारभूतमा बसेकाहरुको आरडिटी परिक्षण

पाल्पा, रामपुर ४ को क्वारेन्टाईनमा बसेका ४ जनाको सोमबार ¥यापिड डाइगोनष्टिक टेष्ट (आरडिटी) परिक्षण गरिएको छ । गत बैशाख १५ गते पोखरा बाट आएर कालिका आधारभूत विद्यालयको क्वारेन्टाईनमा बसेका २ महिला र २ बालकहरुको आरडिटी परिक्षण गरिएको हो ।
आरडिटी परिक्षणमा नतिजा नेगेटिभ आए पछि उनीहरुलाई थप एक हप्ता होम क्वारेन्टाईनमा बस्न अनुरोध सहित घर पठाईएको छ । यस संगै रामपुर नगरपालिकामा भारत तथा विभिन्न जिल्ला बाट आएर क्वारेन्टाईनमा बसेका ४५ जनाको आरडिटी परिक्षण भएको छ । रामपुर अस्पतालका ल्याव टेक्निसिय यम बहादुर सिंजाली, नगरपालिकाका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीहरु गिरिराज घिमिरे, तिर्थ प्रसाद ढुङ्गाना, पुनम धिताल र कमला श्रेष्ठको टोलीले स्वास्थ्य परिक्षण गरेको थियो । सबैको आरडीटी परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको रामपुर अस्पतालका ल्याव टेक्निसिय यम बहादुर सिंजालीले जानकारी दिनुभयो ।
परिक्षण कार्यमा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्य, रामपुर नगरपालिका ४ का वडा अध्यक्ष एक बहादुर नेपाली, इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भिम बहादुर कार्की, वडा सदस्य पार्वती परियार लगाएतको सहभागीता रहेको थियो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले धन्यवाद सहितको प्रमाण पत्र प्रदान गर्नु भएको थियो । रामपुर नगरपालिका ९ जब्गादीको भानुभक्त माध्यमिक विद्यालयमा ५ जना र रामपुर ३ रजघराको जनविकास माध्यमिक विद्यालयमा ३ जना गरी रामपुरमा ८ जना क्वारेन्टाईनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?