एकै दिन ५७ जनामा कोरोना पोजेटिभ भएको पुष्टि

काठमाडौं, नेपालमा पनि मंगलबार एकै दिन ५७ जनामा कोरोना पोजेटिभ भेटिएको छ । यस संगै जम्मा संक्रमितको संख्या १९१ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय विज्ञप्ति मार्फत जानकारी दिएको हो ।

मंगलबार कपिलवस्तुका ८ जना, रुपन्देहीका ९ जना, पर्साका ३९ जना र बाराका १ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारले जानकारी दिनु भएको छ । मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

यस संगै पर्सामा ६४ जना, उदयपुरमा ३२, कपिलवस्तुमा २९ जना, बाँकेमा २४, रुपन्देहीमा १६ जना, काठमाडौंमा ५, कैलालीमा ४, रौतहटमा ३, बारामा ३ जना, बागलुङ, चितवन र झापामा २/२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, सर्लाही, सप्तरी, बर्दिया र कञ्चनपुरमा एक÷एक जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये ३३ जना निको भएका छन् । तर नारायणी अस्पताल वीरगन्जबाट कोभिड–१९ निको भएर गएका दुई जनामा पीसीआर परीक्षणमा पोजिटिभ देखिएपछि उनीहरूलाई थप परीक्षणका लागि अस्पतालमा पुन भर्ना गरिएको छ । त्यसैगरी काठमाडौको सनसिटी अपार्टमेन्टमा बस्ने ५२ वर्षीय ती व्यक्तिको पनि पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?