अन्तराष्ट्रिय नर्सिङ्ग दिवसमा रामपुर अस्पतालका २ अनमी सम्मानित

पाल्पा, २०० औं अन्तराष्ट्रिय नर्सिङ्ग दिवसको अवसरमा रामपुर अस्पतालले नर्सिङ्ग विभागका कर्मचारीहरुलाई सम्मान गरेको छ ।
नर्सहरुको आत्मबल वृद्धिको लागि अस्पतालले शुभकामना प्रदान गर्दै उत्कृष्ट २ जनालाई सम्मान गरेको हो ।

उत्कृष्ट नर्सिङ सेवा प्रदायक मध्ये अनमी विन्द्रा गुरूङ र अनमी सविना परियार अस्पतालले खादा र करुवाले सम्मान गरेको हो ।
अस्पतालका प्रमुख डाक्टर विजय परियारको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका एमविजिपि डाक्टर बासुदेव सुवेदी, स्टाफ नर्स यम कुमारी पौडेल र नर्सिङ्ग अधिकृत सुनिता गौतमले शुभकामना व्यक्त गर्दै मनोबल उच्च बनाएर कोरोना विरुद्धको अभियानमा सजग भएर सेवा प्रवाह गर्न आग्रह गर्नुभयो । अस्पतालका फार्मेसी सुपरभाईजर निरिक्षक राम प्रसाद कोइरालाको स्वागत बाट सुरु भएको कार्यक्रमको संचालन प्रशासन सहायक हिरा वि.क.ले गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?