सिमा हस्तक्षेप विरुद्धमा उत्रिएका राष्ट्रिय जनमोर्चा पाल्पाका नेता तथा कार्यकर्ता पक्राउ

तस्विर राष्ट्रिय जनमार्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीकाे फेसबुकबाट

पाल्पा, नेपाली सीमा हस्तक्षेपका विरुद्धमा भारतको विरोधमा उत्रिएका राष्ट्रिय जनमोर्चाका पाल्पाका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय अगाडी सिमा मिचेको विरोधमा उत्रिएका ८ जना नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा राष्ट्रिय जनमोर्चा नेपालका केन्द्रिय सदस्य सोम कुमार कार्की, राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, जिल्ला कोषाध्यक्ष टिकाराम पौडेल, जिल्ला सदस्य नर्मती सिंजाली,अखिल नेपाल युवक संंघका केन्द्रिय अध्यक्ष अनिल किशोर घिमिरे, अखिल छैठौका केन्द्रिय सदस्य सुदिप पौडेल, जिल्ला सदस्य विष्णु नेपाली र अखिल छैठौका जिल्ला सदस्य सुमन पौडेल रहेका छन् ।
निषेधीत क्षेत्रमा भारतीय सीमा हस्तक्षेपका विरुद्ध प्रदर्शन गरेको भन्दै प्रहरीले बुधबार दिउसो उनीहरुलाई पक्राउ गरेको हो ।

             तस्विर राष्ट्रिय जनमार्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीकाे फेसबुकबाट

नेपाली भुमी लिपुलेक, लिम्पियाधुरा र कालापनी क्षेत्रमा भारतीय पक्षले सिमा मिचेर सडक बनाएको भन्दै नेपाल सरकारको ध्यानकर्षण गराउन शान्तिपूर्वक रुपमा विरोधमा उत्रिएका बेला प्रहरीले गिरफ्तार गरेको राष्ट्रिय जनर्मोचाका जिल्ला अध्यक्ष विशाल दर्लामीले बताउनुभयो ।  जिल्ला प्रशासन अगाडि नेपाल प्रहरी र शसस्त्र प्रहरीले रोक्ने प्रयास गरे पनि जनमोर्चाका नेता तथा कार्यकर्ताहरु भारत विरुद्ध नारावाजीमा उत्रियपछि प्रहरीले उनीहरुलाई गिरफ्तार गरेको हो । पक्राउ परेका नेता तथा कार्यकर्ताहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । निषेधित क्षेत्रमा विरोध कार्यक्रम गरेकाले उनीहरुलाई पक्राउ गरेको प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?