बुधबार २४ जनामा कोरोना संक्रमित थपिए , संक्रमितको संख्या २ सय ४३ पुग्यो

काठमाडौं ,नेपालमा बुधबार थप २४ जना कोरोना संक्रमीत थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै २४ जनालाई कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
रुपन्देही मा १२ , कपिलवस्तुमा ८, पर्सामा ३र नवलपरासीमा १ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयका सह प्रवत्ता डा. समिर कुमार अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ। यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?