बिहिबार साँझ थप तीन जनामा कोरोना पुष्टि

काठमाडौं, बिहिबार साँझ थप तीन जनामा कोरोना पुष्टि भएको छ । यस संगै संक्रमितको संख्या २४९ पुगेको छ । काठमाडौं, दहचोक निवासी ७ वर्षीय बालक, जनकपुर, धनुषा निवासी १७ वर्षीया युवती र धादिङकी ३० वर्षीया महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्ति मार्फत जानकारी दिनु भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको थियो । यसअघि बिहीबार दिउँसो तीन जनामा कोरोना पुष्टि भएको थियो । काठमाडौँ ३२ वर्षीय पुरुष, कपिलवस्तु ६ वर्षीया बालिका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र नवलपरासीपूर्वका ४९ वर्षीय पुरुषको भरतपुर कोरोना अस्पतालमा पीसीआर नमुना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो । योसँगै १९९ पुरुष, ५० महिला र ३५ निको भएकासँगै संक्रमितको संख्या २४९ पुगेको छ । उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?