शुक्रबार थप ९ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या २५८

काठमाडौँ, शुक्रबार थप ९ जना नयाँ कोरोना संक्रमित फेला परेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २५८ पुगेको छ ।

मकवानपुरका ३७ वर्षीय पुरुष र बाँकेको १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले विज्ञप्ति मार्फत जानकारी दिनु भएको हो । मकवानपुरमा पहिलो पटक कोरोना संक्रमण देखिएको हो भने बाँकेमा योसँगै संक्रमितको संख्या ३३ पुगेको छ ।

     अहिले सम्म पर्सामा ८५, कपिलवस्तुमा ३९, बाँकेमा ३३, उदयपुरमा ३२, रुपन्देहीमा २८, काठमाडौंमा ८, कैलालीमा ४, रौतहट, बारा र धनुषामा ३/३ तथा बागलुङ, चितवन, झापा, सर्लाही, महोत्तरी र भक्तपुरमा २/२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, सप्तरी, बर्दिया, कञ्चनपुर र नवलपरासी पश्चिम, नवलपरासी पूर्व, मकवानपुर र सप्तरीमा एकरएक जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये ३६ जना निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?