शनिबार थप ६ जना नयाँ संक्रमित पुष्टि

काठमाडौं, शनिबार थप ६ जना नयाँ संक्रमित पुष्टि भएको छ । बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनका गरी ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

यस संगै नेपालमा कोरोना संक्रमितको संख्या २७३ पुगेको मन्त्रालयले जानकारी दिएको छ । उनीहरु सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा परिक्षण गर्दा पोजिटिभ पुष्टि भएको हो । जसमा बर्दिया, नार्दु–११ निवासी २८ वर्षीया महिला, सिराहा, सखुवा–१९ निवासी ३० वर्षीय पुरुष, पर्सा, वीरगन्ज–१२ निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाही, रामनगर४ निवासी १८ वर्षीया महिला, चितवन, गढ़ौली–१ निवासी २५ वर्षीय महिला रहेका छन् ।

उनीहरु सबैको अहिले सम्म स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?