कार्यकर्ताको चाहाना बुझेर एक भएर लाग्न शिर्ष नेतृत्वलाई नेकपा रामपुरको आग्रह

पाल्पा, जननेता मदन भण्डारीको २७ औँ स्मृति दिवस । विगतको वर्षहरुमा विभिन्न कार्यक्रमहरु हुँदै आए पनि यस वर्ष भने कोरोना महामारीको कारण स्मृति दिवस विज्ञप्तिमा सिमित भएको छ । दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेकपा सम्बद्ध भातृसंगठन, संघ संस्थाहरुले बक्तव्य जारी गरेका थिए ।
यता नेपाल कम्युनिष्ट पार्टी नेकपा रामपुरले पनि एक प्रेस विज्ञप्ती जारी गरेको छ । जारी विज्ञप्ति मार्फत तत्कालिन एमालेका नेता मदन भण्डारीले देश र जनताका लागी गरेको त्याग र देखाएको मार्गदर्शनलाई अगाल्नु आजको आवश्यकता रहेको बताईएको छ । नेपाल कमन्युष्ट पार्टी रामपुर पाल्पाका अध्यक्ष कमलराज भट्टराई द्वारा हस्ताक्षरित विज्ञप्तीमा नेता भण्डारीले देश र पार्टीलाई पु¥याएको योगदानको चर्चा गर्दै अब नेकपाको सरकारले मुलुकको वास्तविक आवश्यकता, तत्कालिन एमाले र माओवादी दुवै पार्टिका कार्यकर्ताको चाहाना बुझेर समाजवाद हासिल गर्ने समान लक्ष्य प्राप्तिका लागी सवै नेता कार्यकर्ता एक भएर लाग्न आग्रह सहित सामाजिक आर्थिक परिवर्तन गर्दै देश र जनताको समृद्धि हासिल गर्न र कोरोना भाईरसले निम्त्याएको समस्या समाधानका लागी पार्टि र सरकार सफल हुने सुवेक्क्षा प्रकट गरिएको छ ।  रामपुरमा कोरोना रोकथाम तथा संक्रमण फैलन नदिनका लागी सवै नगरबासीहरुलाई सहयोग गर्न अनुरोध सहित सचेत रहन आग्रह गरिएको छ ।

यस्तै नेपाल कम्युनिष्ट पार्टि पूर्वखोला गाँउपालिका पाल्पाले पनि मदन भण्डारीको स्मृति दिवसका अवसरमा बक्तव्य जारी गरेको छ । गाँउ कमिटिका अध्यक्ष देवि प्रसाद पंगेनी र इन्चार्ज ईश्वरी प्रसाद न्यौपानेद्धारा जारी संयुक्त बक्तव्यमा पार्टिलाई थप बलियो बनाउन र अनेकौ हल्लाको पछि लागी कार्यकर्ताहरुलाई विचलित नहुन आग्रह गर्दै पार्टिलाई मजबुद बनाउन सवै एक हुनु पर्ने बताईएको छ । सानै पार्टि र कार्यकर्ताको भावनाको कदर गर्दै एकताको बाँकी काम पुरा गर्न सुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?