निस्दीमा लकडाउनका विच विद्युत विस्तार स्थानिय खुशी

पाल्पा . पाल्पाको निस्दी गाउँपालिकामा विद्युत  विस्तार भईरहेको छ । लघु जलविद्युत तथा सौर्य उर्जा मार्फत विद्युत उपभोग गर्र्दै आएका स्थानियले सामुदायिक विद्युतिकरण विस्तार भए संगै राष्ट्रिय प्रसारण लाईनको विद्युत उपभोग गर्न पाएका छन् । यस संगै स्थायिले ११ वर्ष राष्ट्रिय प्रसारण लाईनको बिजुली बल्न पाएका छन ।
स्थानिय उपभोक्ताले विद्युत विस्तारका लागी करिब ११ बर्ष अगाडी रकम बुझाएका थिए । निस्दीमा विद्युत विस्तारका लागी लाली गुँरास ग्रामिण विद्युत सहकारी संस्थाले काम गर्दै आएको छ । निस्दीका ५ वटा वडाका करिब २ हजार ६ सय घरधुरीमा यो वर्ष भित्र बिधुत पुर्याउने लक्ष्य रहेको संस्थाका अध्यक्ष दुर्गा बहादु सोमैले बताउनुभयो । अहिले निस्दी गाँउपालिकाको वडा नम्बर ५ गल्धाको सबै टोलमा , साबिकको अर्चले गाविस वडा नम्बर १ , २ र ३ मा र निस्दी ४ , मित्यालको साबिक वडा नम्बर १ र २ मा राष्ट्रिय प्रसारण लाइनको विधुत विस्तार भएको छ । अहिले सामुदायिक विधुतिकरणको लागि लाइन बिस्तार गर्न केही प्राविधिक कठिनाई भएकाले ११ केभी राष्ट्रिय प्रसारण लाइनबाट निस्दीको गाउँ टोलमा विधुत वितरण भईरहेको छ ।
धेरै समयको पर्खाइमा राष्ट्रिय प्रसारण लाइन गाउँमा आएपछि मित्यालका स्थानीय बसिसंग खुसी भएका छन् । विश्वभर कोरोना महमरीको समयमा पनि ज्यान जोखिममा राखेर विधुत विस्तारको काम गरेका प्राविधिक टोलिलाई स्थानीयले सम्मान गरेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?