काेराेनाका कारण फेरी एक जनाकाे ज्यान गयाे ज्यान गुमाउनेकाे स‍‌ख्या २ पुग्याे

काठमाण्डाै.  नेपालमा कोरोना सङ्क्रमणका कारण फेरी एक जनाको मृत्यु भएको छ ।

बाँकेको नैनापुर गाउँपालिकाको क्वरेण्टीनमा बसेका युवकको आज ज्यान गएको हो । यस संगै कोरोना भाईरसका कारण नेपालमा ज्यान जानेको संख्या दुई पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बाँकेको दीपेन्द्र माध्यमिक विद्यालयकोे क्वरेण्टीनमा बसेका युवकको आइतबार बिहान ज्यान गएको हो ।
भारतबाट आएका उनलाई रातिदेखि विरामी भएर बिहान ज्यान गएको हो ।
यसअघि गएको बिहीबार काभ्रेको धुलिखेल अस्पतालमा एक सुत्केरीको कोरोनाको कारण ज्यान गएको थियो । नेपालमा आइतबार रौतहटका १० जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या दुई सय ९१ पुगेको छ । ३६ जना निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?